जुवा अखडा बन्दै उर्लाबारी

 लिम्बुवान न्युज
                       


उर्लाबारी, १३ कार्तिक । अहिले चाडवाडको रौनक जताततै छ । नेपालीहरुको मुख्य चाडपर्व दशै, तिहार लगायत मुख्य चाड हुन् । जब चाडबाड सुरु हुन्छ मोरङको उर्लाबारीको मंगलबारे क्षेत्र जुवाडेहरुको अखडा बन्ने गरेको छ । बर्षौ देखि चलिआएको यो क्रियाकलाप अहिले पनि चलिनै रहेको स्थानीय बताउँछन् । स्थानीयहरु पनि आजित भएर त्यस क्षेत्रमा अञ्जान मान्छेहरुको आवतजावत हुँदा खासै वास्ता गरको पाइदैन ।
बेलुका हुँदै गएपछि त्यहाँ सलबलाउने जुवाडेहरु बिहानको आठ बजेसम्म उक्त क्षेत्रको वरपर रुमलिन्छन र फर्किन्छ । एकै रातमा करोडौको हारमार हुने जुवा खेलले मंगलबारेमा पछिल्लो समय पुर्व नेपालको सबैभन्दा ठुलो जुवा अखडा बनेको छ भन्दा अचम्म मान्नु पर्ने कुनै कुरा छैन ।
राजनीतिक संरक्षणमा रहेका त्यस जुवाखालका नाइकेले नै नेपाल र भारतको जुवाडेहरु भेलापारी करोडौको खेल खेलाउने गरेका स्थानीय एक व्यक्ति नाम नखुलाउने सर्तमा बताउँछन् । उर्लाबारी मंगलबारेकै बासिन्दा अर्जुन तुम्रोक जुवाका नाइके रहेको उनी वताउँछन् । खेलाडीहरुलाई स्कटिङ गरेर ल्याउने खेलाउने र सम्बन्धित ठाउँसम्म पुराइदिने नाइकेलेनै गर्छन् । उनिसंग स्थानीय युवा लगायत चलेका गुण्डा देखि लिएर ठुलठुला डनहरुसम्मको साथ रहेको वताइन्छ । यस वापत उनले मोटै रकम बाड्ने गरेको बुझिन्छ ।
हातहतियारसहित सुरक्षागार्ड र सुचना दिने स्थानीय युवाहरु प्रयोग गरि तुम्रोकले खेल आयोजना गर्ने गरेको वताउछन । उनले एक स्थानमात्र नभई समय र चाडवाड अनुसार जुवा खेल्ने स्थान पनि फेर्ने गरेको वताउछन । जुवा ले धेरैको घरबार सकिएको मात्र हैन धेरैले सम्पत्ति सकेका छन । तर, जुवाका नाइके भने मालामाल हुने गरेको उनि वताउँछन् ।
यसरी वर्षौ देखि चल्दै आएको तुम्रोकको चर्तिकलामा स्थानीय चु बोल्न सक्दैनन् । आवाज उठाइहाले साम–दाम दण्ड–भेद प्रयोगगरि जसरीपनि साम्य पार्न उनी सिपालु भएको समेत उनले बताए ।
मोरङको प्रहरी सरुवा प्रकरणमा पनि तुम्रोककै नाम बेलाबेला जोडिएर आउने गरेको छ । मोरङ प्रहरीमा शक्ति केन्द्र प्रयोग गरि आफू अनुकुलको व्यक्ति ल्याउने गरेको स्रोतबाट बुझिएको छ । मोरङ जिल्ला प्रहरी प्रमुख फेरिन्न साथ उनी कार्यालयमा पुगेर आफ्नो अनुकुल बनाउने गरेको स्रोतले बताएको छ ।
नाईके भनिने तुम्रोकले उर्लाबारी इलाका प्रहरी प्रमुखलाई त औलामा पनि नगन्ने स्रोतले बताएका छन् । बेलैमा प्रहरी प्रशासनले यो कुरामा ध्यान नदिए यस क्षेत्रका उद्योगी व्यपारी लगायत सयौंले जुवा खेलेर करोडौं रकम स्वाहा पार्ने प्रष्ट बुझिन्छ ।

 

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...