देशभर मनसुनी वायु प्रभाव यथावतः आज कहाँ–कहाँ पानी पर्छ ?

 लिम्बुवान न्युज
                       

ललितपुर, १७ असोज । देशभर मनुसनी वायु प्रभाव अझै यथावत रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार शुक्रबार देशको सात वटै प्रदेशहरुमा साधारणतया मौसम बदली रहने जनाएको हो । ु

आज प्रदेश नं. १ (कोशी), बागमती, गण्डकी, लुम्बिनीका पहाड र तराइका केही भू–भागहरू त्यसैगरी मधेश प्रदेशलगायत देशका अन्य प्रदेशहरु कर्णाली, सुदुरपश्चिम प्रदेशका पहाड र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

लुम्बिनी प्रदेशका तराई, कर्णाली र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहको महाशाखाले जनाएको छ ।

शुक्रबार राति देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा हाडिघोप्टे वर्षाको पनि सम्भावना रहेको हुँदा यात्रा गर्दा सजक रहन शाखाले जनाएको छ ।

सम्बन्धित समाचार

राना गाउको सम्झना

सेसेहाङ चाेङबाङ हामी रानागाउ जाने पुर्व निर्धारित कार्यक्रम थियो । त्यसो भएपछि स्वभावैले सवार हुनु नै पर्छ । यात्रा गर्नुको कुनै काम विषेश अथवा कार्यक्रमहरु तथा उदेश्य हुन्छन त्यसमा बिशेष हामी चाम्लिङ समुदाय संगको सम्बन्ध...

झापामा ‘उर्फ दारासिङ’ नाटक मञ्चन सम्पन्न

दमक, १४ असाेज । मुन क्रियसनसंगको सहकार्यमा चुलाचुली रंगमञ्च इलामद्वारा प्रस्तुत नाटक ‘उर्फ दारासिङ’को सोमबार औपचारिक समापन गरिएको थियो । काठमाडाैंस्थित मण्डला नाटकघरमा अपार सफलतापछि झापामा याे नाटक दाेस्राे पटक देखाइएकाे हाे । झापाकाे कमलकाे...

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जना विदेश जान नपाउने

काठमाडौं, १४ असोज । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उहाँकै मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकसहित पाँच जनाले तत्काल विदेश जान नपाउने भएका छन् । यसरी विदेश जान रोक लगाइएकोमा पूर्वगृहसचिव गोकर्णमणि दुवाडी,...

राष्ट्रिय बहुमुखी साकोस अध्यक्षमा पुनः लछुदास राई

दमक, ११ असोज । झापाको दमक–८ स्थित कार्यालय रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्था (साकोस)को सञ्चालक समितिको अध्यक्षमा पुनः लछुदास राई (एलडी ) निर्वाचित भएका छन् । संस्थाको २६औं चुनावी बार्षिक साधारणसभाको निर्वाचन कार्यक्रमबाट राईको अध्यक्षतामा...