इलाममा बाढी-पहिराेमा २८ जनाकाे मृत्यु

 लिम्बुवान न्युज
                       

दमक, १९ असाेज ।  दुइ दिनदेखिकाे परेकाे भीषण वर्षाले निम्त्याएको पहिरोले प्रदेश १ काे इलाम जिल्लामा ठूलो मानवीय क्षति भएको छ।

आइतबार विहानसम्मकाे विवरण अनुसार पहिरोले कम्तीमा २८ जनाको ज्यान लिइसकेकाे प्रहरीले जनाएको छ।

प्रदेश १ का प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलले दिएको जानकारी अनुसार जिल्लाका विभिन्न स्थानमा खसेको पहिरोले कम्तीमा १८ जनाको ज्यान गएको हाे ।

‘विभिन्न पालिकाहरूकाे  ६ स्थान  पहिरो जाँदा कम्तिमा २८ जनाको मृत्यु भएको पुष्टि भएको छ,’ एसएसपी पोखरेलले बताए ।

प्राप्त जानकारी अनुसार इलामका सुर्योदय, देउमाई, माङसेवुङ, फाकफोकथुम, माइजाेगमाइ र इलाम नगरपालिकामा पहिरोका कारण ठूलो जनधनको क्षति भएको स्थानीय प्रशासनले जनाएको छ।

सुर्योदय नगरपालिका–५ मानेभञ्ज्याङमा खसेको पहिरोमा ५ जनाको मृत्यु भएको छ ।  त्यस्तै, माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जना, देउमाई नगरपालिका–५ धारेमा २ जना र सोही नगरपालिकाको धुसुनेमा २ जनाको मृत्यु भएको पुष्टि भएकाे छ।

यस्तै, फाकफोकथुम गाउँपालिका–३ स्थित रातमाटेमा १ जनाको मृत्यु भएको छ भने इलाम नगरपालिका–५ घोसगाउँमा ६ जना, माइजाेगमाइमा ८ को ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार अहिले पनि केही स्थानमा पहिरो खसेको खबर आइरहेको छ। उद्धार तथा राहत कार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा खटिएकाे बताइएकाे छ ।

लगातारको वर्षाका कारण इलाम जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् र जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

पहिरोमा परेर बेपत्ता संख्या बढन सक्ने प्रहरीको अनुमान रहेकाे छ। बाढीपहिराेका कारण कति घाइते र क्षति भयाे त्यसकाे विवरण भने संकलन भइ नसकेकाे प्रशासनले जनाएकाे छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...