राससका महाप्रवन्धक शर्मालाई कोरोना संक्रमण भएकाे पुष्टि

 लिम्बुवान न्युज
                       

  • रासस

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)का महाप्रवन्धक ओपेन्द्र शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । महाप्रवन्धक शर्मा हाल होम आइसोलेशनमा छन् ।

पारिवारिक स्रोतका अनुसार उनमा शरीर दुख्ने, खोकी लाग्नेजस्ता कोराना संक्रमणका सामान्य लक्षण देखिएको छ ।

स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्दागर्दै आफू संक्रमित भएको उनले सामाजिक सन्जालमार्फत् जानकारी दिए पछि काेराेना संक्रमण पुष्टि  भएकाे हाे । उनले आफूसँग सम्पर्कमा रहेका सबैलाई आइसोलेशनमा रहन र आफ्नो स्वास्थ्यको ख्याल राख्न पनि आग्रह गरेका छन् ।

यसअघि उनका दाजु एवम् नेकपाका नेता जनार्दन शर्मा (प्रभाकर), भाउजु र भाई अनिल शर्मालाई पनि कोरोना संक्रमण देखिएको थियो ।

रासस महाप्रवन्धक शर्मा भने स्वास्थ्य मापदण्ड पालना गर्दै नियमित कार्यालयमा उपस्थित रहेको राससले जनाएको छ । महाप्रवन्धक शर्मासँगै उनका चालक लीलाराम देवकोटालाई पनि आजै कोरोना संक्रमण पुष्टि भएको छ । उनी पनि होम आइसोलेशनमा छन् ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...