कोरोना संक्रमणबाट दमककी पुर्व स्वास्थ्यकर्मीको मृत्यु

 लिम्बुवान न्युज
                       

दमक। कोरोना संक्रमणबाट झापा दमककी एक महिला पुर्व स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

दमक नगरपालिका वडा नं ८ घर भई १० दिन अघि देखि उपचारत विराट मेडिकल कलेज विराटनगरकाे भेन्टिलेटरमा राखिएकी ६५ वर्षिया स्टाफ नर्स लमु तामाङको मृत्यु भएको हो । उनले दमकको आम्दा अस्पतालमा लामो समय काम गरेकी थिईन् ।

उनको हिजो आइतवार बेलुका ८ बजे उपचारका क्रममा मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

छाेरा हाल बेलायतमा रहेकाे हुँदा मृतकलाइ केही दिन विपि प्रतिष्ठानकाे मचर्री घरमा राख्ने पारिवारिक स्राेतले जनाएकाे छ ।

हिजो आइतवार मात्र दमकमा एक महिलासहित तीन जना संक्रमितको पनि मृत्युभएको थियो । दमकमा हिजो ४६ जनामा संक्रमण थपिएसंगै संक्रमितको सँख्या पनि ४१९ पुगेको छ स्वास्थ शाखाले जनाएकाे छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...