दमकमा निषेधाज्ञासहित बन्द गरिनु पर्ने उद्योगी व्यवसायीहरुको निश्कर्ष

 लिम्बुवान न्युज
                       

दमक। दमकका उद्योगी व्यवसायीहरुले दमकमा पछिल्लो समय कोरोना संक्रमणको दर उच्च गतिमा बढेको भन्दै तत्कालका लागि निषेधाज्ञासहितको पूर्णरुपमा बन्द गर्नुपर्ने माग गरेको छ ।

दमक उद्योग वाणिज्य संघले साेमबार गरेको छलफलपछि नगरपालिकालाई सुझाव दिने निर्णय गरेको हो । संघका अध्यक्ष गोकुल श्रेष्ठले दमकमा संक्रमण भयावह अवस्थामा रहेका कारण दिनानुदिन संक्रमितहरुको मृत्यु भइरहेकाले संघको कार्यालयमा संघको कार्यसमिति,सल्लाहकार समिति, बस्तुगत संघका प्रतिनिधी तथा भूतपूर्व अध्यक्षहरु समेतको उपस्थितिमा गरिएको छलफलपछि त्यस्तो निर्णय गरिएको बताए ।

संघले दमक क्षेत्र उच्च जोखिममा रहेका कारण हाल उत्पन्न जोखिम न्यूनिकरण गर्नका निमित्त केही समयका लागि यस दमक क्षेत्र भित्र पसल व्यवसाय लाई मात्र बन्द गर्ने गराउने खालको लकडाउन नभई पुर्ण रुपमा वन्दा वन्दि हुने गरि निषेधाज्ञा जारी गर्नेू पर्ने निष्कर्ष निकालेको हो । संघले संक्रमितको संख्या अत्याधिक मात्रमा बढी रहेका कारण औषधी उपचारको अभावबाट संक्रमितको मृत्यु भइरहेको समेत निष्कर्ष निकाल्दै आवश्यक मात्रामा अक्सिजन,आइसियु तथा भेन्टीलेटर र आवश्यक स्वस्थ्य उपचारको प्रवन्ध मिलाउन पनि माग गरेको छ ।

संघले निजी क्षेत्रसंग समेतको सहकार्यमा त्यस्तो प्रवन्ध मिलाउन सकिने प्रस्ताव समेत गरेको छ । संघले कोभिड १९ को संक्रमणको जोखिमबाट सतर्कता अपनाउनका लागि गरिने जस्तो सुकै कार्यका लागि पनि संघको तर्फबाट साथ सहयोग र समन्वय गर्न सकिने पनि उल्लेख गरेको छ ।

यसैबीच दमक नगरपालिकाले अहिले राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला पक्षहरुसंग दमकमा बन्दा बन्दी गर्ने बिषयमा राय सुझाव संकलन गर्न अन्तरक्रियात्मक छलफल जारी राखेको छ ।

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...