धिमाल जातिय विकास केन्द्रकाे महाधिवेशन स्थगित भएसँगै मनमुटाव शुरू

 लिम्बुवान न्युज
                       

दमक। धिमाल जातीय विकास केन्द्रमा महाधिबेशनको विषयलाई लिएर संस्थामा आरोपप्रत्यारोप शुरु भएको छ ।
गत कार्तिक १३ देखि १५ गते सम्म दमकमा हुने भनिएको छैठौ राष्ट्रिय महाधिबेशनलाई लिएर मनमुटाव शुरु भएको हो । २०५० सालमा स्थापित संस्था धिमालहरुको एक मात्र जातीय संस्था हो ।

मुख्यतय संस्था भित्र सत्तारुढ नेकपा र नेकपा बाहेकका पार्टीहरु बीचको समूहले महाधिबेशनको विषयलाई लिएर आन्तरिक द्वन्द सार्वजनिक भएको हो । दुवै समूह सामाजिक सञ्जालमार्फत आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

यसैवीच आज दमकमा महाधिबेशन आयोजक समिति समेत रहेको वर्तमान केन्द्रीय समितिले पत्रकार सम्मेलन गरि सहज वातावरण आउन साथ महाधिबेशन सम्पन्न गरिने स्पष्ट पारेको छ । सहमतिमा नै महाधिबेशन स्थगित गरिएको र तर केहि व्यक्ति र समूहले भने संस्था विरुद्धनै खनिएको अध्यक्ष तेजबहादुर धिमालले वताएका छन् । उनले भने, –‘जातिय संस्था भित्र राजनीति छिराउने काम हुँदैछ, त्यसले कसैलाई हित गर्देन’ ।

संस्थाको ७ सदस्यीय सल्लाहकार समिति मध्ये पूर्व अध्यक्ष लोकबहादुर, रामबहादुर, नगेन्द्र वहादुर, मोहन र रतनबहादुर धिमालले गत कातिक १५ गते बैठक बसेर महाधिबेशन गर्न असक्षम भएको भन्दै अव विधान अनुसार सल्लाहकार समितिले महाधिबेशन गर्ने निर्णय गरेपछि विवाद सतहीमा आएको हो । केन्द्रीय समितिको मातहतमा रहेको सल्लाहकार समितिले महाधिबेशनको विषयलाई लिएर गरेको निर्णय विधान बमोजिम नभएको महासचिव केदार धिमालकको जिकीर छ । उनले भने,–‘ कोरोना जोखिमका कारण सहमतिमै महाधिबेशन स्थगित गरिएपनि अहिले यसलाई लफडा बनाउन खोज्नु राम्रो होइन्’

२०७३ फागुन १३ देखि १५ गते सम्म चलेको पाँचौ महाधिबेशनले तेजबहादुरको अध्यक्षतामा ५५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो । तीन वर्षे कार्यकाल रहने समितिले गत साउन ३१ गते छैठौं राष्ट्रिय महाधिबेशन दमकको रोयल पार्टी प्यालेसमा गर्ने निर्णय गरेको थियो । महाधिबेशन सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी गरिएपनि कोरोना असहजका कारण स्थगित गर्नु परेको महाधिबेशन आयोजक समितिको दावी छ ।

महाधिबेशन उद्घघाटन सत्रको तयारी भईरहदा स्थानीय प्रशासन र उपस्थित प्रतिनिधिहरुको अनुरोधका कारण महाधिबेशन स्थगित गरिएको भएपनि अहिले महाधिबेशन गर्न नसक्ने असक्षम, निस्कृय आयोजक समितिलाई हस्तक्षेप गरि सल्लाहकार समितिको अगुवाईमा महाधिबेशन गर्ने भनी गरिएको निर्णयले समग्र धिमालहरुमाथि चोट पुगेको अध्यक्ष तेजबहादुरको दावी छ । उनले अनावश्यक हल्लाको पछि नलाग्न आम धिमाल समुदायसँग आनुरोध समेत गरे । हामी धिमालहरुको एकता, सहकार्य कायम गर्न प्रतिवद्ध भएको उनले प्रष्ट पारे ।

झापा र मोरङ्गमा रहेका आदिवासी धिमालहरु करिव ५० हजारका हाराहारीमा छन् । तर २०६८ को जनगणनामा भने धिमालहरुको जनसंख्या २६ हजार २ सय ९८ मात्र रहेको उल्लेख छ । जातीय संस्थाले भने ती दुई जिल्लाका १० स्थानीय तह र चार जिल्लासम्म आफनो संगठन विस्तार गरिसकेको छ । महाधिबेशनमा तीनै जिल्ला, स्थानीय तह, १०३ वटा गाँउटोल सहित ८ वटा भातृ संस्था गरि ४२८ जना प्रतिनिधि रहेका थिए ।

नेतृत्वमा लोकबहादुर र कृष्ण

जातिय संस्थामा राजनीति पार्टीले समेत आफनो पकड बनाउन चाहेका कारण पार्टी भित्रका धिमाल अगुवाहरु नेतृत्वका लागि खुलेर लाग्दैआएका छन् । वर्तमान केन्द्रीय समितिमा कांग्रेस, जनता समाजवादी पार्टीको बाहुल्यता छ । त्यसैले सत्तारुढ नेकपा भने अवको नेतृत्व आफनो वनाउन कसरतमा जुटेको छ । महाधिबेशनमा दुवै समूहले आ–आफना प्यानलनै वनाएर उम्मेदवार सार्वजनिक समेत गरिसकेका थिए ।

नेकपा निकटका धिमालहरुले पूर्व अध्यक्ष लोकबहादुर फेरि अध्यक्ष उठाएका छन् भने कांग्रेस, जनता समाजवादी निकटका धिमालहरुले भने कृष्णबहादुर धिमाललाई उम्मेदवार वनाएका थिए । दुवै प्यानलले आफनो टिम बनाएर धिमालहरु वीच पुगिसकेका थिए । सामाजिक व्यक्तित्व कृष्णबहादुर दमक ४ स्थित कृष्ण आधारभूत विद्यालयका प्रधानाध्यापक समेत हुन् ।

सम्बन्धित समाचार

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...

चन्द्र गजमेर शुभकामना साकोसको अध्यक्षमा पुनः निर्वाचित

ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको...

उज्यालो नेपाल पार्टी इलाम जिल्ला गठनः अध्यक्षमा सन्तराम याेङहाङ

ललितपुर, ११ पौष । उज्यालो नेपाल पार्टी इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलाम बजारमा आयोजित एक कार्यक्रमबाट सन्तराम योङहाङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र...