बंगलादेशसँग खेल्ने नेपाली फुटबल टिमकाे घोषणा

 लिम्बुवान न्युज
                       

काठमाडौं । बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टिमकाे घोषणा भएको छ । २५ सदस्यीय टोली बंगलादेश जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

बंगलादेश जाने टोलीलाई बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगालामा बिदाई गरिएको एन्फाले जनाएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ लगायतले खेलाडीहरुलाई विदाइ गरेका थिए ।

२५ खेलाडी र ७ अफिसियलसहित ३२ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गर्नेछ । चोटका कारण रोहित चन्द बंगलादेश जाने टोलीमा छैनन् । यस्तै ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाइएकोमा ८ खेलाडीलाई कोरोना संक्रमण भएपछि उनीहरु पनि टिममा छैनन् र आइसोलेसनमा बसिरहेका छन् ।

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तालिका अनुसार यही नोभेम्बर १३ र १७ मा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्नेछ ।

नेपाली टिमको मुख्य प्रशिक्षक योहान कालिन हाल आफ्नै देश स्वीडेनमा रहेकोले बंगलादेश विरुद्धको खेलका लागि एन्फाले बालगोपाल महर्जनलाई अन्तरिम प्रशिक्षक बनाएको छ । यस्तै किरण श्रेष्ठले उनलाई सघाउनेछन् भने विकास मल्ल गोलकिपिङ प्रशिक्षकको रुपमा छन् ।

बंगलादेशसँग मैत्रीपूर्ण खेल्ने पक्का भएपछि राष्ट्रिय खेलकुद परिषदको अनुमतिसहित एन्फाले दशरथ रंगशालमा प्रशिक्षण सुरुवात गरेको थियो । बुधबारको प्रशिक्षणपछि प्रशिक्षक महर्जनले नेपाली टिमको फिट्नेस लगायत अन्य क्षेत्रमा पनि केही सुधार भएको बताएका छन् । साथै उनले कोरोना महामारीपछि खेल्न लागेको यो पहिलो खेललाई लिएर अनौठो महसुस भएको बताए । कप्तान किरण लगायत अन्य खेलाडीहरु पनि लामो समयपछि फुटबलमा बयाक हुँदा उत्साहित छन् । कोरोना महामारीका कारण २०७६ चैत यता नेपाली खेलाडीले फुटबल खेलेका छैनन् । यस्तै गत वर्ष नोभेम्बरमा विश्वकप छनोट अन्तर्गत भुटानमा कुवेत विरुद्ध खेलेयता नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो पटक खेल खेल्न लागेको हो ।

बंगलादेश जाने २५ सदस्यीय टोलीमा

अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवाल, सरोज दाहाल, सेसेहाङ आङदम्बे, सुबास गुरुङ, सुजन श्रेष्ठ, सुमल अर्याल, तेज तामाङ र छिरिङ गुरुङ रहेका छन् ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...