शेर्पा र तामाङ्सालिङकाे संयुक्त भित्ते पात्रो सार्वजनिक

 लिम्बुवान न्युज
                       

काठमाडौं। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय शेर्पा मञ्च र तामाङ्सालिङ् मञ्चले कोरोनाका कारण ढिलै भएपनि संयुक्त रुपमा भित्ते पात्रो प्रकाशन गरि सार्वजनिक गरे जनाएको छ ।

मञ्चको संघीय कार्यालय काठमाडौंमा शेर्पा मञ्चका अध्यक्ष तेण्डी शेर्पा र तामाङ्सालिङ् मञ्चका अध्यक्ष मिङमार लामाले क्यालेण्डर सार्वजनिक गरेका हुन् ।

कोरोना कहरका वावजुद पनि शेर्पा प्रान्त र तामाङ्सालिङ् प्रान्तको गाउँगाउँमा पहिचानको राजनीतिकलाई प्रचारको रुपमा यो क्यालेण्डरले थप मद्दत पुग्ने तामाङ्सालिङ् अध्यक्ष मिङमार लामाले बताएका छन् । त्यसैगरी शेर्पा जातीहरुमा सबै प्रकारको चेतना आएतापनि राजनीतिक चेतनाको कमीभएको हुँदा हालसम्म पनि देशको सबै तहतप्कामा समानुपातिक प्रतिनिधित्व पुग्न नसकेको हुँदा यसको निमित्त शेर्पा मञ्चले राजनीति अभियानको रुपमा शेर्पाहरुको घरआँगनमा पुगेर पहिचान संघीयताको राजनीति चेतनाको निमित्त यो क्यालेण्डर महत्वपूर्ण हुने अध्यक्ष टेण्डी शेर्पाले बताए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १०+१ प्रान्तीय मञ्च अन्तर्गत संघीय शेर्पा मञ्च, नेपाल र संघीय तामाङ्सालिङ् मञ्च, नेपाल दुई प्रान्तीय मञ्चहरु राजनीतिक रुपमा पछिल्लो समयमा निक्कै क्रियाशिल भइरहेको मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले बताएका छन् ।

सम्बन्धित समाचार

निर्वाचन आयोगले फाल्गुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनको तालिका गर्यो सार्वजनिक

ललितपुर, मङ्सिर १ / निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित...

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...