गायिका आसा सुहाङको ‘तिहारको दिन आयो’ सार्वजनिक (भिडियो सहित)

 लिम्बुवान न्युज
                       

 

  • आन्छुमे नसान

माङसेबुङ । निर्देशक दिनेश माङमु लिम्बूको निर्देशन तथा कोरियोग्राफीमा गायिका तथा मोडल आसा सुहाङ लिम्बूको आवाजमा नेपालीहरुको महान चाड तिहारको झल्को दिलाउने सुमधुर गीत ‘तिहारको दिन आयो’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गायिका आसा सुहाङ लिम्बूको शव्दभाहरुमा आसाकै निर्माण रहेको भिडियो ‘तिहारको दिन आयो’ ओरिजिन नेपाल युट्यूवच्यानलबाट सार्वजनिक गरिएको हो ।

एलिसा राई, काउली बुढी(सन्ध्या बुढा) र आसा सुहाङ लिम्बूको अभिनय रहेको भिडियोमा बाल कलाकारहरु आदित्य लिङदेन लिम्बू, निश्चल सुहाङ लिम्बू र स्माइल सुहाङ लिम्बूको समेत अभिनय रहेको छ ।

दिप घतानीको संगीत, रेकर्डिङ, मिक्सिङ र मास्टरिङ रहेको गीतको संगीत संयोजन भने टेकेन्द्र यक्सो लिम्बूले गरेका हुन् ।

बुद्ध थापा(नेपाल) र इन्द्रावती क्रिएशन(यु.ए.सए.) को छायाँकन रहेको भिडियोमा मेकअप समरा लामा र सम्पादन तथा कलर बिकास धमलाले गरेका हुन् ।

भिडियो हेर्नुहोस

 

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...