१ नं. प्रदेशमा २३ गते देखि सार्वजनिक यातायात बन्द

 लिम्बुवान न्युज
                       

दमक।  १ नं. प्रदेशमा २३ कात्तिकबाट सार्वजनिक यातायात बन्द गर्ने व्यावसायीले घोषणा गरेका छन् ।

प्रदेश सरकारले व्यवसायीको माग सम्बोधन गर्न चासो नदिएपछि आइतबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने व्यवसायीहरूले घोषणा गरेका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ, प्रदेश १ का महासचिव रमेश खत्रीले पटक-पटक सरकारसँग आग्रह गर्दा समेत हाम्राे माग सम्बोधन नभएपछि यातायात बन्द गर्ने निर्णय भएको बताए ।

उनका अनुसार व्यवसायीले लकडाउन अवधीको सवारी करमा पूर्ण छुट दिनुपर्ने, बैंकको व्याजमा सहुलियतमा पहल गरि दिनुपर्ने, कात्तिक मसान्तपछि सवारी करमा बिलम्ब शुल्क लाग्ने निर्णय खारेज गर्नुपर्ने लगायत माग प्रदेश सरकारसमक्ष पेस गरेका थिए । तर प्रदेश सरकारले माग सम्बोधन गर्न चासो नदिएको उनले बताए ।

‘सवारी करमा अन्य प्रदेशले छुट दिएका छन् । तर हाम्रोमा छुट दिइएन्’ उनले भने ‘कात्तिक मसान्तपछि बिलम्ब शुल्क लाग्ने भनेपछि आन्दोलनमा जाने निर्णय गरेका छौं ।’

२३ गते आइतबारबाट बस, टेम्पो, सिटी सफारी ढुवानीका साधनलगायत सबै यातायातका साधन अनिश्चितकालका लागि बन्द हुने उनले बताए ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...