तेह्रथुम चुम्लुङ्द्वारा अन्तरक्रिया तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

  • सेसेहाङ चाेङबाङ

तेह्रथुम/ टिएमजे संरक्षण परीयोजनाको प्रभाव र समाधिस्थल संरक्षण सम्बन्धि अन्तरकृया तथा छात्रवृत्ति बितरण कार्यक्रम म्याङलुङमा सम्पन्न भएको छ ।

टुडिखेल स्थित म्याङलुङ नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा टिएमजे संरक्षण परियोजनाको प्रभाव र भाबि योजनाबारे किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमका सचिव तेजमान कन्दङवा र उपाध्यक्ष टंकमाया लिम्बुले समाधिस्थल संरक्षण सम्बन्धि कार्यपत्र प्रश्तुत गर्नुभएको थियो । साथै सोहि अवसरमा किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमले विभिन्न शिर्षकका पुरस्कारहरु पनि वितरण गरेको छ ।

डम्बर फममाया तेयुङ, चोङबाङ स्मृति साहित्य पुरस्कार २०७६ को लिम्बु भाषाका कविता लिम्बुवान माम्माको लेखक राजकुमार तेयुङ तरेबालाई ३० हजार साथमा प्रमाणपत्रले पुरस्कृत गरीएको छ ।

छात्रछात्राबृति तर्फ कुबेर पुण्यवति स्मृति छात्राबृति पुरस्कार २०७६ मा सिँहदेवि आधारभुत विद्यालय फेदाप १ का कक्षा ९ मा अध्ययनरत छात्रा सेमिमा लिम्बु र भगवती मावि छथर ५ का छात्र मुक्साम लिम्बुलाई ३१ हजार १ सय ११ रुपैँयाका दरले र प्रमाणपत्र प्रदान गरिएके छ । किरात याक्थुङ चुम्लुङ सहयोग कोष २०६२ अक्ष्यकोषद्वारा कृष्ण मावि आठराई १ का छात्रा, छात्र कक्षा ९ मा अध्यान्रत निरोज लिम्बु र कक्षा १० का छात्रा साहारा कन्दङवालाई ५/५ हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

साथै किरात याक्थुङ चुम्लुङ इजरायलबाट बितरित छात्राबृति कोषबाट विनिता कन्दङवा र रेनुका आपागाईलाई १०/१० हजारका दरले वितरण गरीएको किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमका सचिव तेजमान कन्दङबाले जानकारी दिनुभयो । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमका सहसचिव सेसेहाङ चोङबाङले सञ्चालन गर्नुभएको कार्यक्रम किरात याक्थुङ जिल्ला शाखा तेह्रथुमका अध्यक्ष गणेश सेनेहाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

छ दलले पाउने भयो राष्ट्रिय दलको मान्यता

दमक, २७ फाल्गुन । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनबाट ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यतापाएको छ । पाँचवटा दल पुरानै रहेको छ भने एउटा मात्र दल नयाँ रहेको छ । प्रतिनिधिसभाको यो निर्वाचनबाट राष्ट्रिय दलको...

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...