फाल्गुनन्द बिषायक अनलाइन वक्तृत्वकलाको उपाधी प्रतापलाइ

 लिम्बुवान न्युज
                       

माङसेबुङ ।  १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द १३६ औं जन्मजयन्तीको अवसरमा माङसेबुङ युथ सोसाइटीको आयोजनामा सम्पन्न अनलाइन वक्तृत्वकला प्रतियोगिताको उपाधी माङसेबुङका प्रताप ताप्मादेनले जितेको छ ।

मंगलबार सम्पन्न ‘किरात समुदायमा महागुरु फाल्गुनन्द लिङदेनको महत्व’ शिर्षकमा अनलाइन बक्तृत्वकला प्रतियोगिताको अन्तिम परिणाम सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण लामो समय युवा पुस्ता र सबै पक्षमा टाढा बनाइरहेको अवस्थामा न्यू मिडियाले संसारलाई नजिक बनाइरहेको र यस्कोे प्रयोगकर्ताको संख्या त्यतिकै बढिरहेको अवस्थामा बिशेष गरि युवा बर्गलाई लक्षित गरि आयोजना गरिएको प्रतियोगितामा माङसेबुङकै सामरिता सेर्मा दोस्रो तथा अनिल चेम्जोङ सान्तावना भएका छन् ।

माङसेबुङ–३, भञ्ज्याङमा अवस्थित महागुरु फाल्गुनन्द शालिकमा सम्पन्नराष्ट्रिय विभूति महागुरु फाल्गुनन्द १३६ औं जन्मजयन्तीको अवसरमा सहभागीमध्येबाट विजेता, उपबिजेत तथा सान्तावना हुने प्रतियोगीहरुलाई क्रमशः ३ हजार ३५, २ हजार ३५ र १ हजार ३५ नगद पुरस्कार प्रदान गरिएको थियो ।

उनका अनुसार विजेताको घोषना भने राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द १३६ औं जन्मजयन्तीको अवसरमा माङसेबुङ ३ मा अवस्थित महागुरुको शालिकमा आयोजित कार्यक्रमबाट गरिने सोहिदिन पुरस्कार वितरण गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...