
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
काठमाडाैं। नेपाली कांग्रेस केन्द्रीय कार्यालयले क्रियाशील सदस्य नयाँ र नवीकरणको विवरण मंसिर मसान्तभित्र केन्द्रीय कार्यालयमा पठाइसक्न निर्देशन दिएको छ।
१४औं महाधिवेशन नजिकिए संगै कांग्रेसले क्रियाशील सदस्यहरूको सूची सार्वजनिक गरी त्यसको विवरण केन्द्रमा पठाउन सबै जिल्ला समितिहरूलाइ पत्राचार गरेको हो।
नेपाली कांग्रेसले १४औं महाधिवेशन फागुन ७ देखि गर्ने कार्यतालिका छ। तर कोरोना महामारीका कारण क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रभावित बनेकाे छ।
महाधिवेशनलाइ ध्यानमा राखी कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका कामलाई तीव्रता दिन पनि जिल्ला लगायत अन्य सबै तहमा रहेका पार्टी संरचनालाई निर्देशन दिएको छ।
कांग्रेसमा हाल ५ लाख हाराहारीमा क्रियाशील सदस्य छन् । यो संख्या अबको महाधिवेशनमा दोब्बर हुनेगरी क्रियाशील सदस्यता वितरणका काम भइरहेको जनाएको छ।
गत कात्तिक २८ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यताको काम मंसिरभित्र सक्ने निर्णय गरेको थियो। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशीलको विवरण अनिवार्य रूपमा केन्द्र पठाउन पत्राचार गरिसकिएको छ। उनले विवरण पठाउँदा क्रियाशीलको शुल्क समेत पठाउनुपर्नेछ यदि प्रक्रिया पूरा नगरी क्रियाशील सदस्यता अाएकाे पाइएमा त्यो नामावली स्वीकृत नहुने बताए ।
फागुन १३ र साउन ३२ मा केन्द्रबाट जारी भएका परिपत्र अनुसार क्रियाशील सदस्य उपलब्ध गराउन कांग्रेसले भनेको छ। तोकिएकै समयमा महाधिवेशन गर्न सकिन्छ भन्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेतासमेत ढुक्क रहेका छन्।
यद्यपी समय अभाव हुने देखिएमा वा काेराेना नियन्त्रणभन्दा बाहिर गएमा महाधिवेशन जेठ वा भदौमा गर्न सकिनेमा पनि बहस भइरहेको कांग्रेसले जनाएकाे छ ।
यदी फागुनमा महाधिवेशन भएन भने कांग्रेसले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यकाल बढाउन संविधानको साहरा लिनुपर्नेछ।कांग्रेसले विधानअनुसार सभापति देउवाकाे एक वर्ष कार्यकाल थपेकाे थियाे साे समयावधि अागामी फागुन १९ मा सकिँदैछ।
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...