उर्लाबारी नगरपालिकाले बारुण यन्त्र ल्याउने

 लिम्बुवान न्युज
                       

उर्लावारी मोरङको उर्लाबारी नगरपालिकाले बारुण यन्त्र (दमकल) खरिद गर्ने  निर्णय गरेकाे छ । उर्लाबारी नगरपालिकाले दमकल खरिदका लागि आवश्यक टेण्डर प्रकृया अगाडी बढाएको जनाएको छ ।

अब चाडै नै उर्लाबारीबासीहरुले आगलागीका घटनामा तत्काल बारुण यन्त्रको सुविधा पाउने भएका छन् । नगरपालिकाले दमकलका लागि चाहिने आवश्यक जनशक्तिका परिपुर्ती गर्न विज्ञापन समेत आव्हान गरिसकेको छ ।

नगरपालिकाले दमकलका लागि सवारी चालक २ जना र अग्नि नियन्त्रक (फायर म्यान ) ४ जना गरी ६ जनालाई करारमा नियुक्ति गर्न विज्ञापन खुलाएकाे छ । विज्ञापनमा सवारी चालकका लागि न्यूनतम योग्यता ८ कक्षा पास र सवारी चालकको अनुमतिपत्र अनिवार्य भनिएको छ । सो पदका लागि नगरपालिकाले गत कार्तिक २८ गते नै विज्ञापन खुलाइ सकेकाे छ भने विज्ञापन खुलेको १५ दिन भित्र इच्छुक योग्यता पुगेका ब्याक्तिहरुले दरखास्त आव्हान गर्न सक्ने उलाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले जानकारी दिएका छन् ।

नगरपालिकासंग आफनो बारुणयन्त्र नहुदाँ आगजनीका घटनामा नजिकको दमक र अन्य स्थानीय तहबाट दमकल मगाउनुपर्ने बाँध्यता रहदै आएको छ । लामो दुरीबाट दमकल आउनुपर्दा तत्काल अग्नि नियन्त्रण हुन नसक्दाँ जनधनको पनि बढिनै क्षति हुँदै आएको छ । अब भने अलिकति उर्लाबारीबासीहरूले राहतकाे महसुस गर्ने नगरप्रमुख फागाेले बताएका छन् ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...