झापामा थप दुइकाे काेराेनाबाट मृत्यु, जिल्लामा मर्नेकाे संख्या १०५ पुग्याे

 लिम्बुवान न्युज
                       

दमक। झापाकाे दुइ स्थानीय तह विर्तामाेड नपा र शिवसताक्षी नपामा एक–एक गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड ८ का ७२ वर्षिय गणेशबहादुर कार्की र शिवसताक्षी ९ का ७२ वर्षिय देवप्रकाश लिम्बू रहेका छन् ।

मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा कार्कीको आज बिहान ५ः५० बजे मृत्यु भएको हो । मंसिर ७ गते पिसिआर परीक्षण गराएका उनको रिपोर्ट ८ गते पोजिटिभ आएको थियो । उनको लासलाई ल्याएर अन्त्येष्टि गर्ने तयारी भइरहेको बिर्तामोड नगरपालिकाले जनाएकाे छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या बिर्तामोडमा ११ पुगेको छ ।

त्यस्तै गएकाे राती शिवसताक्षीका बुद्ध लिम्बूको बिएण्डसी हस्पिटल बिर्तामोडमा उपचारकाे क्रममा मृत्यु भएको हो । उनलाई मंसिर ७ गते कोशी अस्पताल विराटनगरमा संक्रमण पुष्टि भएको थियो ।

योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १०५ पुगेको जिल्ला जनस्वास्थ्य कार्यलयले जनाएकाे छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...