नेपाली क्रिकेट टिमको नौ महिनापछि प्रशिक्षण शुरू

 लिम्बुवान न्युज
                       

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण बिहीबारदेखि सुरु भएको छ । कोभिड–१९ महामारीका कारण नेपाली टिमले नौ महिनापछि बन्द प्रशिक्षण सुरु गरेको हो ।

नेपाली टिमले त्रिविको क्रिकेट मैदानमा अभ्यास सुरु गरेको छ । प्रशिक्षणमा सहभागी हुनु पूर्व सबै खेलाडीहरुको मंगलबार कोरोना भाइरसको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

बुधबार आएको नतिजाअनुसार कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, ब्याट्सम्यान रोहितकुमार पौडेल र स्टाफ प्रदीप लामालाई कोरोना संक्रमण भएको देखिएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) ले बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूको स्वाब संकलन गरेर कोरोना संक्रमणको जोखिकाबीच अभ्यास सुरू गर्न लागेको हो ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा बन्द प्रशिक्षणमा क्यानले २२ खेलाडीलाई बोलाएको थियो । तर अब कोरोना संक्रमण भएका खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुने छैनन् ।

कप्तान मल्ल सहित तीन जना खेलाडीलाई कोरोना पुष्टि भएपछि क्यानले अनिल साह, कुशल भुर्तेल, रित गौतम, कुशल भुर्तेल र लोकेश बमलाई पनि बन्द प्रशिक्षणका लागि बोलाएको छ । कोरोना भाइरसको महामारीमा बन्द प्रशिक्षण नौ महिना ढिला भएपनि हुन लागेको क्यानले जनाएको हो ।

प्रशिक्षणका लागि राष्ट्रिय खेलाडीहरु ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनाश बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्कीलाई बोलाइएका छन् । प्रशिक्षकमा रुपमा जगत टमाटा रहेका छन् ।

नेपालले सन् २०२१ मा हुने विश्वकप लिग क्रिकेट दुईअन्तर्गत पाँच सिरिज खेल्ने तालिका रहेको छ । त्यसैको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको क्यानले जनाएको छ ।

सम्बन्धित समाचार

निर्वाचन आयोगले फाल्गुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनको तालिका गर्यो सार्वजनिक

ललितपुर, मङ्सिर १ / निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित...

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...