१३ गते नेकपाकाे सचिवालय बैठक बस्दै, अध्यक्षहरू एकअर्कामा आमनेसामने हुँदै

 लिम्बुवान न्युज
                       

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्दैछ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची रहेकाे छ ।

सचिवालय बैठकमा पेश गर्ने राजनीतिक प्रस्तावलाई ओलीले अन्तिम चरणमा पुर्‍याएको उनी निकटका नेताहरुले बताएका छन् । आफु निकट सचिवालय र स्थायी कमिटी सदस्यहरुसँग छलफल गरी ओलीले प्रतिवेदन तयार गरिरहेकाे वताइएकाे छ । दुइ अध्यक्षहरूकाे प्रतिवेदन आमनेसामने हुने बैठकलाइ धेरै महत्वका साथ हेरिएकाे छ ।

प्रम तथा पार्टी अध्यक्ष ओलीले तयार गरेको प्रतिवेदनमा अध्यक्ष प्रचण्डले गत ३ गते सचिवालयमा पेश गरेको एक एक गरी जवाफ दिने प्रयास गर्ने वताइएकाे छ । साथै ओलीले पनि आफ्नो प्रतिवेदनमा प्रचण्डलाई विभिन्न आरोप लगाउनुको साथै युद्व अपराधको नाममा हेगसम्म पुर्याउन सकिने विषय समेत बताइएकाे छ ।

यसरी समग्रमा हेर्दा ओलीले प्रचण्डलाई तर्साएर प्रतिवेदन फिर्ता लिन बाध्य बनाउने रणनीति लिएको बुझ्न सकिन्छ । यद्दपी प्रधानमन्त्री ओलीको प्रतिवेदनपछि पार्टी विवाद थप चुलिने आंकलन गर्न थालिएकाे छ । दाहालले ओलीलाई पार्टी पद्धती र विधान अनुरुप नचलाएको आरोप प्रतिवेदनमा लगाएका छन् ।

पार्टीभित्र विवाद चुलिदै जाँदा नेपाका अध्यक्ष ओली र दाहाल एक अर्का विरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका छन् । ओली पक्षले पटक-पटक गरेको आग्रहलाई वेवास्था गर्दै प्रचण्ड माधव समूहले सचिवालयमा प्रस्तुत प्रतिवेदन तल्ला कमिटीमा बाँडेकोले नेकपा फुटको दिशामा रहेको आँकलन गरिएको छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...