नेपाल उद्याेग वाणिज्य महासंङकाे वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित

 लिम्बुवान न्युज
                       

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको चुनावी परिणामसँगै वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । हिजो शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।

विजय भएसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको २०औं अध्यक्ष बन्ने बाटो खुलेको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछिको महासंघको नेतृत्व स्वत सम्हाल्नेछन् ।

३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत ल्याएका छन् । २० प्रतिशत मत भार रहेको वस्तुगतमा चन्द्र ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याए । यसैगरी ५० प्रतिशत मत भार रहेको जिल्ला(नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याएका छन् ।

शनिबार राति नै आएको मत परिणाम अनुसार महासंघको एसोसिएट्स तर्फको उपाध्यक्षमा ढकाल पक्षका रामचन्द्र संघइले बाजी मारेका छन् भने अन्य दुइ उपाध्यक्ष जिल्ला नगरतर्फ प्रधानपक्षका दिनेश श्रेष्ठ त्यसैगरी वस्तुगततर्फको उपाध्यक्षमा प्रधानपक्षकै अञ्जन श्रेष्ठ  विजयी भएका छन् । चुनावी नतिजा अनुसार दुवै प्यानलबाट मिश्रित रुपमा कार्यकारिणी सदस्यहरु निर्वाचित भएका छन् ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाले उपाध्यक्ष र मुनिका अन्य विभिन्न पदमा शनिबार मतदान भएको हो ।

नेपालमा प्रजातन्त्रको स्थापनासँगै २००८ र ०९ सालतिर खुलेको अखिल नेपाल व्यापार संघ हुँदै २००९ सालमा नेपाल चेम्बर अफ कमर्स नामक आर्थिक संगठनको स्थापना भएको थियो । त्यसैलाई विकास गराउँदै वि. सं. २०२२ सालमा तत्कालीन तदर्थ समितिका संयोजक लोकनाथ जोशीको नेतृत्वमा उद्योग वाणिज्य महासंघको स्थापना भएको थियो ।

उनले २ वर्षसम्म महासंघको नेतृत्व गरेपछि अहिले १९ औं नेतृत्वको रुपमा अबको एक कार्यकाल शेखर गोल्छाले गर्नेछन् भने अहिले वरिष्ठ उपाध्यक्ष जितेका ढकालले महासंघको २०औं अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।

महासंघको नयाँ नेतृत्वका लागि एक बरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यहरुका लागि १२७ जना चुनावी मैदानमा उत्रिएका थिए । महासंघमा बस्तुगतमा १०१ जना, जिल्ला तथा नगरमा १०५ जना र एशोसिएट तर्फ ९०३ जना मतदाता रहेका थिए ।

 

 

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...