जामुनबारी सामुदायिक वनकाे अध्यक्षमा पुनः ख्याम सिटाैला निर्वाचित

 लिम्बुवान न्युज
                       

कन्काई। झापाकाे कनकाईस्थित झापाकै नमुना बन जामुनबारी सामुदायिक बन उपभोक्ता समूहको अध्यक्षमा पुनः ख्याम सिटौला विजयी भएका छन् । उनी लोकतान्त्रिक प्यानलबाट निर्वाचित भएका हुन् ।

 

मुख्य ६ वटा पदका लागि शनिवार भएको निर्वाचनमा सिटौला ५३ मतको अन्तरले दोस्रो कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन् । उनले ४ सय १९ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिद्धन्दी प्रगतिशिल प्यानलका विनोद राना मगरले ३ सय ६६ मत प्राप्त गरेका थिए ।

दुई उपाध्यक्ष पदमा भने राना प्यानलका दिलकुमार राई र विष्णुप्रसाद ओली निर्वाचित भएका छन् । उनीहरुले क्रमशः ३५२ र ३२८ मत प्राप्त गरेका थिए । उपाध्यक्षको प्रत्यासीका रुपमा रहेका सिटौला प्यानलका वुद्धिमान बोहोराले २८९ र डबलबहादुर भण्डारीले ३०७ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षकै लागि स्वतन्त्र तर्फका उम्मेद्वार धननारायण श्रेष्ठले १६१ मत प्राप्त गरेका छन् ।

सचिव र कोषाध्यक्षमा सिटौला प्यानलका क्रमशः मनिता राईले ४१० र यसनाथ अधिकारीले ४०४ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्धन्दी राना प्यानलका सिर्जु खरेलले ३५८ र बिदुर खड्काले ३४६ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक ऋषिकेश खतिवडाले जानकारी दिएका छन् ।

शनिवार बेलुका ८ बजेदेखी सुरु भएको मतगणना राती ३ बजे सम्पन्न भएको हो । वन समूहका ८ सय ४२ मतदाता रहेको निर्वाचनमा ७ सय ९६ मत खसेको निर्वाचन समितिका संयोजक खतिवडाले बताएका छन् ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...