झापा। झापाको भद्रपुर-४ नरसिंह बगानबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित दुई भारतिय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार गलगलिया-४ का १९ बर्षीय महमद जबर र सोही स्थानका ५९ बर्षीय ऐजुब महमद अली रहेका छन् ।
बिशेष सुराकका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई आज विहान ११ बजे नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा ५ ग्राम खैरो हिरोईन ब्राउनसुगर फेला परेकाे हुँदा बरामद गरिएकाे लागुऔषध सहित जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान भइरहेकाे जनाएको छ ।