दमकमा युमासाम्यो महासभा नेपाल संगठित

 लिम्बुवान न्युज
                       

दमक, १७ कार्तिक/युमा साम्यो महासभा नेपालले दमकमा नगर समिति गठन गरेको छ । बुधबार दमकस्थित युमा साम्यो महासभा नेपालका केन्द्रीय अध्यक्ष देवेन्द्र वनेम फागोको प्रमुख आतिथ्यतामा समिति गठन भएको हो । भेलाले गजेन्द्र वनेम फागोको अध्यक्षतामा १४ सदस्यीय दमक नगर समिति चयन गरेको छ ।

त्यसरी नै समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः अम्बर सम्बाहाङफे, सुबास इजम, सुसिला लक्सम र सुक्र प्र. फागो चयन भएका छन् भने सदस्यहरुमा रत्न ब.वनेम फागो, सुरेन्द्र नाल्बो, डम्बर काम्बाङ, प्रेम फागो, टेक ब. वनेम फागो, मनिका वनेम फागो, अर्जुन फागो, पशुपति फागो र अरुणा योङहाङ चयन भएका छन् ।

त्यसै गरी सेरसिह योङहाङको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ । सल्लाहकारमा सिरि प्र.वनेम फागो, डम्बर वनेम फागो र नारायण वनेम फागो रहेका छन् । कार्यक्रममा आउँदो नेपालको १२औं राष्ट्रिय जनगणना २०७८ मा याक्थुङ् (लिम्बू) समुदायहरुले जातजातिको महलमा याक्थुङ लिम्बू, मातृभाषाको महलमा याक्थुङ् पान्, पूर्खाको भाषाको महलमा याक्थुङ, दोस्रो भाषाको महलमा खस नेपाली वा अन्य र धर्मको महलमा युमा धर्म लेख्न, लेखाउन चुम्लुङ् कार्यकर्ताहरूलाई अपिल गर्नु भएको थियो ।

कार्यक्रममा युमा साम्यो महासभा केन्द्रीय सदस्यद्धय चित्र वनेम फागो, र थोबाहाङ तुम्बाहाङ्फे, महासभा केन्द्रीय सल्लाहकार आर.वि.पालुङ्वा, युमा साम्यो महासभा झापा जिल्ला समिति अध्यक्ष सुरज विक्रम लक्सम र सचिब ललित कुमार लिम्बू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...