मिक्जालुङ ७ लेखगाउँमा खाद्यान्यको अभाव

 लिम्बुवान न्युज
                       

मिक्लाजुङ । पहिरोले तहसनहश बनेको पाँचथरको मिक्लाजुङ गाँउपालिका ७ स्थित लेकगाँउमा खाद्यान्यको अभाव भएको । बाढीपहिरोबाट विस्थापित सहित गाँउका करिब एक सय २६ घरले भोकमरिको सामना गर्नुपरेको हो ।

पहिरोले सडक अबरुद्ध भएपछि खाद्यसामग्री आपुर्ति हुन नसक्दा समस्याको सामना गर्नुपरेको स्थानीयको भनाई छ । ‘दशैंको अत्यदेखि गाँउमा खाद्यसामग्री आपुर्ति हुन सकेको छैन,’ स्थानीय सञ्जय राईले भने ‘बाढीपहिरोबाट विस्थापितहरुको झन बिजोग भएको छ ।’ गत कात्तिक २ गतेको पहिरोले यो गाँउमा यातायात पूर्ण रुपमा ठप्प छ । लामो समयसम्म यातायात ठप्प हुदाँ गाँउमा खाद्यसंकट सुरु भएको हो ।

झापाको दमकबाट कन्याटर र बुधबारेको बाटो हुँदै यो गाँउसम्म खाद्यान्न ल्याउने गरिन्थ्यो । रबि राँके भेडेटार सडक पनि अबरुद्ध भएपछि गाँउसम्म खाद्यसामग्री पु¥याउन समस्या छ । ‘हामीले दशैँ पनि राम्ररी मनाउन पाएनौ,’ पहिरो पीडित बिराज राईले भने ‘तिहार त राम्रो होला भन्ने लागेको थियो, तिहारमा त झन भोकमरीको सामना गर्नुप¥यो ।’ स्थानीय मिक्लाजुङ ६ का नारायण लावतीले खेत र अलैचीबारी सबै पहिरोले पुरेपछि आफ्नो लाखौंको लगानीको बगरमा परिणत भएकोमा आफू चिन्तित बनेको बताए ।

यो गाँउका २० घर मानिसहरु पहिरोबाट बिस्थापित भएका छन् । उनीहरुलाई सरकारले राहतसम्म उपलब्ध नगराएको गुनासो छ । बिस्थापीतहरु पाल टाँगेर बसेका छन् । बिस्थापित सहित गाँउका करिब छ सय ६४ जना मानिसहरुले खाद्यन्य अभावमा भोकमारिको सामना गर्नुपरेको बताइएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...