सरकार संचालनमा सहजताको लागि सत्तारुढ दलहरुले बनाए ११ सदस्यीय समन्वय समिति

 लिम्बुवान न्युज
                       

लिख संवाददाता, २२ कार्तिक । सत्तारुढ दलहरुले सरकार सञ्चालनमा सहजता बनोस् भन्ने उद्देश्यले ११ सदस्यीय समन्वय समिति बनाएका छन् ।

सोमबार बसेको पाँच पार्टीको गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठकले ११ सदस्यीय समन्वय समिति बनाएको हो ।

समन्वय समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा सदस्य नरहने बताइएको छ यद्यपी उनी समन्वय समितिको हरेक बैठकमा आउने बताएइएको छ ।

समितिमा सत्तारुढ गठबन्धनमा रहेका सबै दलबाट २–२ जना सदस्य रहने जनाइएको छ भने सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहने बताइएको छ ।

गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसबाट समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला सदस्य तोकिएका छन् । यस्तैगरी माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) बाट अध्यक्ष उपेन्द्र यादवको नाम दिइएको छ । तीनै दलले थप एक–एक जना सदस्यको नाम दिन बाँकी रहेको जनाइएको छ ।

यस्तै राष्ट्रिय जनमोर्चाबाट भने पार्टी अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्यमा रहेका छन् ।

समन्वय समितिको बैठकको संयोजन हरेक पार्टीले दुई–दुई महिना गर्ने छ । त्यसअनुसार पहिलो बैठकको संयोजन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्नेछन् । समितिले न्यूनतम साझा कार्यक्रमको कार्यान्वयन गर्न सरकारलाई सहयोग गर्नु, राष्ट्रियताको रक्षा, संविधान र लोकतन्त्रको रक्षा तथा संस्थागत सुदृढिकरण, सुरक्षा, सुशासन, सेवा, विकास र संविधानअनुसार हुने चुनाव सफलतापूर्वक सम्पन्न गर्ने जनाइएको छ ।

सत्तारुढ दलहरुबीच गठबन्धनको भूमिकालाई प्रभावकारी बनाउन दलीय समन्वय समिति बनाउने सहमति भएको थियो । तर निर्णय कार्यान्वयन नभएपछि माओवादी केन्द्रका नेता श्रेष्ठले केही दिनअघि यस विषयमा प्रश्न उठाएका थिए ।

सम्बन्धित समाचार

मंसिर २६ र २७ गते मध्ये पहाडी लोकमार्ग बन्द हुने: ओखलढुङ्गामा पक्राउ भएका नेता रिहा

काठमाडौं, २० मंसिर । प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले आगामी २६ र २७ गते मध्ये पहाडी लोकमार्ग अन्तरर्गत घुर्मीदेखि लेगुवाघाटसम्म सडक बन्दको घोषणा गरेको छ । एमालेको मध्ये पहाडी यात्रामा कोशी नाममा हस्ताक्षर...

फाक्फोकथुममा मंसिर २५ र २६ गते चासोक तङ्नाम मेला लाग्दै

दमक, १९ मंसिर । इलाम जिल्लाको फाक्फोकथुम ४ स्थित लिम्बु गाउँमा  चासोक तङ्नाम रमाईलो मेला लाग्ने भएको छ । बिगत १६ बर्ष देखि निरन्तर लागिरहेको मेला विगत बर्ष झैं मंसिर २५ र २६ गते दुई...

फालेलुङमा संघर्ष समिति र पहिचानका लागी युवा गठन

दमक, १९ मंसिर ।  पाँचथर जिल्लाको फालेलुङ गाउँपालिकामा प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समिति र पहिचानका लागि युवा दस्ता गठन भएको छ। पहिचानवादीहरुको भेलाले धन बहादुर केरुङको संयोजकत्वमा २१ सदस्यीय संयुक्त संघर्ष समिति र...

किरात धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवमा सार्वजनिक विदा

दमक, १६ मंसिर । किरात धर्मका वर्तमान धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवमा इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक विदा दिने भएको छ । धर्मगुरु लिङ्देनको ७०औँ जन्मोत्सवमा मंसिर १८ गते सोमबारका दिन स्थानीय सरकारले विदा घोषणा गरेको हो...