लिम्बुवान मञ्च सुनसरी जिल्लाको तेस्रो अधिवेशन धरानमा हुँदै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवाददाता । संघीय लिम्बुवान मञ्च, नेपाल सुनसरी जिल्लाको तेस्रो अधिवेशन सुनसरीको धरानमा हुने भएको छ । मञ्चको जिल्ला कार्य समितिले यहि कार्तिक २६ गते धरानको इजिराइडर होटलको सभाहलमा अधिवेशन सम्पन्न गर्ने जनाएको हो ।

अधिवेशन सम्पन्न गर्न सबै क्षेत्र, पालिका र वार्डहरुबाट प्रतिनिधिहरु सहभागी हुने जिल्ला अध्यक्ष अमर इजमले लिम्बुवानखबरलाई बताएका छन् ।

जिल्ला अधिवेशनलाई मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए । जिल्लाभरीबाट करिब दुईसय पचास प्रतिनिधिहरु अधिवेशनमा सहभागी हुने वताइएको छ ।

त्यसैगरी सोही दिन धरान उपमहानगर पालिका समितिको नयाँ नेतृत्व पनि चयन गरिने अध्यक्ष इजमले बताए । कोरोनाका कारण समय मै गर्न नसकिएको हुँदा एउटै मितिमा उपमहानगर र जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको नगर अध्यक्ष सञ्जुहाङ साँवाले बताए ।

आगामी मंसिर २४ र २५ गते लिम्बुवान प्रान्तीय अधिवेशन गर्ने त्यसैगरी २६ र २७ गते संघीय मञ्चको तेस्रो संघीय राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नेगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले कार्यक्रम सार्वजनिक गरेसँगै लिम्बुवान प्रान्तीय मञ्चले नौ वटै जिल्लाको अधिवेशन, क्षेत्र, स्थानीय पालिका र वार्डहरुमा संगठन विस्तार र क्रियासिल सदस्यता वितरणलाई तिव्रता दिएको छ ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...