आज १३७औं फाल्गुनन्द जयन्तीः विश्वभरी विविध कार्यक्रम गरी मनाइदै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवादाता, कार्तिक २५ । नेपालका १६ औं राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको १३७औं जन्म जयन्ती विश्व भरीका किरात अुनयायीहरुले मनाउँदैछन् । आज देश विदेशका विभिन्न स्थानहरुमा र किरात माङहिमहरुमा पुजा अर्चना गर्दै महागुरुको स्तुति गर्ने प्रचलन रहेको छ ।

किरात धर्मावलम्बीहरुले फाल्गुनन्दलाई किरात धर्मका महागुरुको रुपमा पुज्ने गर्दछन् । वि.सं. १९४२ कात्तिक २५ गते इलामको साविक इभाङ ५ चुक्चिनाम्बा (हाल माङसेबुङ गा.पा. २)मा जन्मेका फाल्गुनन्दको न्वारानको नाम नरध्वज लिङदेन थियो । उनी सानैमा विरामी भई अस्वस्थ्य भइरहेपछि फलामका चुरा लगाइदिएपछि मात्र निको भएको भन्ने जनविश्वास भएपछि कालन्तरमा उनको नाम फलामसिं हुँदै फाल्गुनन्द राखिएको जानकार र विभिन्न पुस्तक लेखहरुबाट स्पष्ट पारिएको छ ।

उनी १६ वर्षको कलिलै उमेरमा सैनिक जागिर खाएर पहिलो विश्वयुद्धको समयमा सन् १९१४ मा बर्मा पुगेका थिए । विश्वयुद्धमा मानव–मानवबीचको हत्या हिंसा र काटमार देखेपछि उनी सैन्य जागिर छाडेर स्वदेश फर्किएको उनको जिवनीमा उल्लेख गरिएको छ । नेपाल फर्किएपछि हाल पाँचथरको फिदिम नगरपालिका ३ चोकमागु लगायतका लिम्बुवान क्षेत्रमा लिम्बू समुदायमा देखिएका कुरिती कुसंस्कार विकृति विसंगीतलाई सुधार गरेर लानु पर्छ भन्दै दिनरात आफ्नो समुदायप्रति घामपानी नभनी लागिपरेर सचेतना कार्यक्रम गर्दै समाजसुधारको काम गरी किरात जातीहरुको अगुवाई गर्नु हुने फाल्गुनन्दको सबैले स्तुती गर्ने गरेको पाइन्छ ।

फाल्गुनन्दले मुन्धुम, भाषा, लिपि, संस्कार, संस्कृति, समाज सुधार लगायतमा गर्नुभएको उच्च योगदानको कदर गर्दै राज्यले २०५० सालमा उनको स्मरणमा हुलाक टिकट प्रकाशित गरेको थियो । महागुरु फाल्गुनन्दको योगदानलाई उच्च सम्मान गर्दै पहिलो संविधानसभाबाट २०६६ साल मंसिर १६ गते १६औं राष्ट्रिय विभूतिको रूपमा घोषणा गरेको थियो ।

उनले बि.स. १९८८ वैशाख २५ गते तत्कालीन १० लिम्बुवान १७ थुमका सामाजिक व्यक्तित्वहरुको भेला गराइ पाँचथर जिल्लाको चोकमागुस्थित लव्रेकुटिमा धर्म, संस्कार र संस्कृतिमा देखा परेका विकृति, कुरिति र कुसंस्कारको विरुद्ध १० बुँदे सत्य धर्म मुचुल्का तयार गरी लागू गराएका थिए । वहाँले गर्नभएको मुचुल्का हालपनि किरातीहरुले आफ्नो दस्तावेजको रुपमा स्वीकार गरेका छन् । महागुरुको यो कार्यलाई स्मरण गर्दै समाजसुधारकका रूपमा चिनिने गरिएको छ ।

महागुरु फाल्गुनन्दको कार्यलाई तत्कालीन १०४ बर्षीय राणा जहानीय शासनले देशद्रोही घोषित गरि नेल लगाई काठमाडौं पु¥याइएका थिए । भाषा, लिपि, संस्कार, संस्कृति संरक्षण संवद्र्धन प्रति उनको देनलाई सम्मान गर्दै काठमाडौंबाट नेलमुक्त भएका थिए ।

महागुरु फाल्गुनन्दको योगदानको कदर गर्दै उनका अनुयायीहरु र किरात धर्मावलीहरुले देशका विभिन्न स्थानहरुमा उनको शालिक निर्माण गरिएको छ भने किरात धर्मावलम्बीहरुले निर्माण गरेका विभिन्न माङहिम, धार्मिक क्षेत्रहरु सिलौटी, लोब्रे, कुम्मायक, कुस्सायक, चुलाचुली हात्तिलेदा, माङसेबुङ, इभाङ चुक्चिनाम्बा लगायत सबै माङहिम त्यसैगरी विभिन्न देशमा छरिएर रहेका किरात धर्मावलम्बीहरुले आजको दिन फाल्गुनन्द जयन्तीको रुपमा धुमधाम पुजा गर्ने गर्दछन् । उनको सम्मानमा विभिन्न संघसंस्था, उद्योव व्यवसाय, स्कुल, चोक लगायतमा नामाकरण गरिएको पाइन्छ ।

महागुरु फाल्गुनन्दको बि.स. २००५ मा ६३ वर्षको उमेरमा पाँचथरको इम्बुङ हालको फाल्गुनन्द गाउँपालिकाको हाङयकमा निधन भएको थियो । उनको पार्थिव शरिर सिलौटीमा राखिएको छ ।

किरात धर्मावलम्बीहरुले कार्तिक २५ गतेलाई फाल्गुनन्दको स्मृतिमा राष्ट्रिय विदा घोषणा गर्न माग गरेता पनि स्थानीय तहका सरकारहरुले बाहेक यो मागलाई प्रदेश सरकार र संघ सरकारले बेवास्ता गर्दै आएको किरात धर्मका अगुवाहरु बताउँछन् ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...