लिम्बुवान मञ्च सुनसरीको तेस्रो अधिवेशन शुरु

 लिम्बुवान न्युज
                       

धरान, विजयपुर, २६ कार्तिक । संघीय लिम्बुवान लिम्बुवान मञ्च, नेपाल सुनसरी जिल्लाको तेस्रो अधिवेशनको खुल्लासत्र शुरु भएको छ । धरानको इजिराइडरमा कार्यक्रमका प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले पानसमा दिपप्रज्वल गरेर कार्यक्रमको उदघाटन गरेका हुन् ।

मञ्चका जिल्ला अध्यक्ष अमर इजमको अध्यक्षतामा भईरहेको कार्यक्रमका जिल्लाका सबै स्थानिय पालिकाहरु, क्षेत्रीय प्रतिनिधिहरु र वार्डका प्रतिनिधिहरुको सहभागी रहेका रहेको छ । कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राप्रपा, नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमुक्ति पार्टी लगायत पार्टीका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा आ–आफ्नो पार्टीको तर्फबाट शुभकामना मन्तव्य समेत राखेका छन् ।

कार्यक्रममा मञ्चका उपाध्यक्ष तथा माननीय सामाजिक प्रदेश राज्य मन्त्री विष्णु तुम्बाहम्फे, प्रान्तीय महासचिव अशोक चेम्जोङ, उपमहासचिव दिल कुमार लावती, संघीय दलित मुक्ति मञ्चका अध्यक्ष रमेश गजमेर त्यसैगरी संघीय सचिवालय सदस्यहरु, प्रान्तीय नेताहरु, जिल्ला नेताहरुको उपस्थिति रहेको छ ।

आजै बेलुका बन्दसत्रबाट नयाँ कार्य समिति समेत चयन गर्ने अध्यक्ष इजमले बताए । त्यसैगरी धरान उपमहानगर पालिका कार्य समितिको तेस्रो अधिवेशन पनि आजै सम्पन्न गर्दै नयाँ कार्य समिति चयन गरिने नगरअध्यक्ष सञ्जुहाङ साँवाले बताएका छन् ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...