लिम्बुवान झापा अध्यक्षमा नगेन्द्र राई सबंसम्मत निर्वाचित

 लिम्बुवान न्युज
                       

विर्तामोड, ३ मंसिर । लामो कसरतपछि आज विहान २ बजे संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति झापाले छैठौं जिल्ला अधिवेशनबाट नयाँ अध्यक्ष पाएको छ । लिम्बुवान आन्दोलनमा लामो समयदेखि निरन्तर लढिरहेका नगेन्द्र राई झापा जिल्ला अध्यक्षमा पाँच बर्षको लागि चुनिएका छन् ।

मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङको संयोजकत्वमा गठित पाँच सदस्यीय निर्वाचन मण्डल र केन्द्रीय नेताहरुको सहजीकरणमा सर्वसहमतमा राई अध्यक्षमा घोषित भएका हुन् । पाँच जना नेताहरुले दावी गरेका अध्यक्ष पदका प्रत्यासी तीनले राईलाई नै अघि सारेपछि राई र अमित खम्बू बिच अध्यक्षमा लामो रस्साकस्सी भएको थियो ।

लामो प्रयासपछि राईको अध्यक्षतामा ३६ सदस्यीय झापा जिल्ला कार्य समिति बनेको छ । खम्बूलाई बरिष्ठ उपाध्यक्षमा सर्वसहमति गराएपछि विहान साढे दुई बजे सफत गराई बन्दसत्र सम्पन्न भएको छ । बरिष्ठ उपाध्यक्ष खम्बूसँगै उपाध्यक्षहरुमा राजा आङथुपो, नारायण तामाङ्, बबिता राई, प्रेम थेवे र करण योङहाङ रहेका छन् । त्यसैगरी सचिवमा तिर्थराज पौडेल, विकास ठाडा मगर, कृष्ण सेन्दाङ रहेका छन् ।

यसरी नै सचिवालय सदस्यहरुमा राम बहादुर लिम्बु, दया सागर आचार्य, वि.एम. लक्सम, दलकुमार सेर्मा, सुनिल राई, बुद्धविर गुरुङ, ललित तुम्म्रोक, प्रेम बहादुर फोम्बो, जयप्रकाश धिमाल, सुमनसिंह लिम्बु, प्रदिप राई, सोनाहाङ राई निर्वाचित भएका छन् भने सदस्यहरुमा खड्ग बोखिम, टेक बहादुर तुम्सा, चन्द्रकला नेयोङ, मेघराज इधिङ्गो, राम राई, जनम चेम्जोङ, अर्जुन लावती, टिकाराम योङहाङ, दिनेश शिवा, मन बहादुर फियाक, चक्र खेवा, चन्द्र साम्सोहाङ, लाख बहादुर नेम्बाङ र झहरमान फागो सर्वसहमतिले निर्वाचित भएका छन् ।

निर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका संयोजक गुरुङले सफल गराउँदै प्रमाणपत्र वितरण गरेका छन् भने नव निर्वाचित अध्यक्षले प्रतिवद्धता मन्तव्य राख्दै आगामी आफ्नो कार्यकालमा थप संगठनलाई मजबुत बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसैगरी अन्त्यमा नवनिर्वाचित समितिलाई मञ्चका प्रान्तीय उपमहासचिव तथा संचार विभाग प्रमुख दिल कुमार लावतीले शुभकामना दिदैं संगठनलाई एकढिक्का बनाई झापामा आगामी चुनावहरुमा लिम्बुवानको झण्डा गाढेर शिर उच्च पार्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

छ दलले पाउने भयो राष्ट्रिय दलको मान्यता

दमक, २७ फाल्गुन । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनबाट ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यतापाएको छ । पाँचवटा दल पुरानै रहेको छ भने एउटा मात्र दल नयाँ रहेको छ । प्रतिनिधिसभाको यो निर्वाचनबाट राष्ट्रिय दलको...

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...