नेपाली कांग्रेस झापा ५ प्रदेशसभा(ख)को सभापतिमा केसी निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक, ३ मंसीर । नेपाली कांग्रेस झापा क्षेत्र न. ५ अन्तर्गत प्रदेश सभा ( ख )को सभापतिमा रवि केसी न्यौपाने निर्वाचित भएका छन् । आज साँझ सम्पन्न निर्वाचन मतपरिणाम अनुसार न्यौपानेले २३८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिद्धन्दी चुडेन्द्र कुमार खडकाले १३६ मत प्राप्त गरेका थिए ।

यसैगरि दुई उपसभापतिमा हरि प्रसाद अधिकारी (१९७) र सुरेन्द्र बहादुर कटुवाल (१७६ ) बिजयी भए । उपसभापतिका प्रत्यासीद्धय कृष्ण बहादुर धिमाल (१६२ ) र गणेशबहादुर बुढाथोकीले १७३ मत प्राप्त गरे ।

यसैगरि,सचिवद्धयमा देबेन्द्र राज आङ्गदेम्बे (२२२ ) र तोयानाथ चापागाईंले (२०२ ) मत ल्याएर निर्वाचित भए । सचिवका प्रत्यासीद्धय फडिन्द्र गडतौला (१३९ ) र बिदुर भारतीले (९८ ) मत प्राप्त गरे ।

यसैगरि सहसचिवद्धयमा सोमनाथ घिमिरे (२०९) र पुनम बजगाँई संग्रौला (१९७) विजयी भए । सहसचिवका प्रत्यासीद्धय कविता उप्रेती भट्टराई (१२१),गोमा नेपाल (१५३)ले मत प्राप्त गरेका थिए । प्रदेश प्रतिनिधिहरुको भने मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...