कियाचु जापानको अध्यक्षमा सुदीप पालुङ्वा

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवाददाता । किरात याक्थुङ चुम्लुङ जापानको पाँचौं अधिवेशनबाट अध्यक्षमा सुदीप पालुङवा निर्वाचित भएका छन् । सोमबार सम्पन्नले अधिवेशनले पालुङ्वाको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएका छन् ।

जापानको राजधानी टोकियो सिनओकुबोस्थित नेवाःडाइनिङको सभाहलमा पालुङ्वाको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको हो । कार्य समितिको उपाध्यक्षमा देबेन्द्र लाओती, मनकुमार तुम्सा, लक्ष्मीहाङ आङ्बो, बालबिक्रम तिगेला, अपेक्षा येङदेन, हरेन्द्र नाल्बो र आकाश तुम्बापो निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा मुक्साम लाओती र उपमहासचिवमा नरेश योङहाङ निर्वाचित भएका छन् भने सचिवमा किसोर आङ्बुहाङ, रेखा तुम्बाहाम्फे, इन्द्रदीप आङ्देम्बे, लाखध्वज मादेम्बा र युवराज लाओती निर्वाचित भएका छन् । कोषाध्यक्षमा सन्दिप कुमार चेम्जोङ र सह–कोषाध्यक्षमा बालकिसोर चेम्जोङ निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन समारोहलाई भर्चुअल माध्यमबाट किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेमले सम्बोधन गरेका थिए । सोही कार्यक्रममा निषेश आङ्देम्बेद्वारा लिखीत लिम्बू भाषाको निबन्ध सङ्ग्रह ‘थिक निसेन’ को पनि बिमोचन गरिएको थियो ।

सम्बन्धित समाचार

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...