आजबाट १४औं संस्करणकाे आत्मानन्द गोलकप शुरू

 लिम्बुवान न्युज
                       

माङ्सेबुङ । इलामको माङसेबुङमा आत्मानन्द गोलकपको १४औं संस्करण फुटबल खेलकुद प्रतियोगिता आजबाट सुरु भएको छ ।  खेल कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जयराम यादवले उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको पहिलो खेल अन्तर्गत माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिले सहज जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेकोक छ । गाधुली क्लब सुनसरीलाई सुन्यका विरुद्ध ३ गोल गर्दै माङसेबुङ दोस्रो चरणमा प्रवेश गरेको हो ।

माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिले सुरुवाति खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै सुनसरी माथि सहज जित निकालेको थियो । खेलको १८औं मिनेटमा माङसेबुङका जर्सी नं. ७ प्रविण राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलमा आक्रमक देखिएको माङसेबुङले खेलको २०औं मिनेटमा पुनः प्रविण राईले दोस्रो गोल गर्दै नतिजा दोब्बर बनाएको थियो ।

आफ्नो घरेलु मैदानमा उत्रेको माङसेबुङलाई रोक्न नसक्दा २४औं मिनेटमा जर्सी नं. ७ का प्रविण राईको असिस्टमा जर्सी नं. १७ का राईले माङसेबुङका लागि तेस्रो गोल गरेका थिए ।

निकै उत्कृष्ट प्रदर्शन गरको सुनसरीले दोस्रो हाफमा जर्सी नं. ३ का विवस सुनुवारले सान्तवना गोल गरेका थिए । खेलकाे म्यान अफ दि म्याच सुनसरीका जर्सी नं. १५ का साैजन राइले प्राप्त गरेका थिए ।

प्रतियोगिता अन्तर्गत भोलिको खेल बि.बि. एफ.सि. दमक झापा र रेड हर्ष इलामबीच हुने आयोजक समितिका अध्यक्ष मनकुमार आङबुहाङले बताए ।

प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहने समारोह खेलकुद विभाग आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष आङबुहाङले बताए ।

आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङको अध्इक्षतामा तथा सामाजिक विकास मन्त्री जयराम यादव प्रमुख अतिथ्यमा प्रतियोगिताको उद्घाटन समारोह सम्पन्न भएको थियो ।

अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम, गोधुली क्लब धरान सुनसरी, फिदिम स्र्पोटिङ क्लब पाँचथर, झापा–११ झापा, बीबीएफसी दमक झापा, रेडहर्ष इलाम, माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत र श्रीजङ्गा स्पोर्टिङ क्बल मोरङको सहभागिता रहनेछ । माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ डिफेन्डिङ च्याम्पियन समेत रहेकाे छ ।

प्रतियोगिताका विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...