संघीय मञ्चले चुनावी प्रचारप्रसारलाई तिब्रता दियो

 लिम्बुवान न्युज
                       

दमक, १७ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आजबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित चुनावी अभियानलाई तिब्रता दिएको छ । मञ्चले चुनाव लक्षित भिडियो, अडियो तथा चुनाव प्रचारप्रसार सामाग्रीहरुलाई देशव्यापी आजबाट सार्वजनिक गर्दै चुनावी अभियानलाई तिब्रता दिईएको मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले लिम्बुवान खबरलाई बताएका छन् ।

आगामी मंसिर ४ गते देशैभरी एकसाथ हुने प्रतिनिधि र प्रदेश सभा सदस्य तर्फको समानुपातिक र प्रत्यक्ष निर्वाचनमा मञ्चले देशभरीबाट १ सयभन्दा धेरै स्थानहरुबाट प्रत्यक्ष उम्मेदवारी दिएको छ भने प्रदेश नं. ५ बाहेक ६ वटा प्रदेशहरुबाट समानुपातिक उम्मेद्वारी समेत आयोगमा दर्ता गराएको मञ्चका महासचिव तथा निर्वाचन परिचालन समिति संयोजक अशोक चेम्जोङ्ले बताए ।

मञ्चले ताप्लेजुङ, पान्थर, इलाम, झापाका सबै निर्वाचन क्षेत्र, मोरङ र सुनसरीका सबै क्षेत्रहरु, धनकुटा, तेह्रथुम, संखुवासभा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु लगायत विभिन्न जिल्लाहरुबाट १ सय भन्दा धेरै क्षेत्रहरुबाट प्रत्यक्ष उम्मेदवारी दिएको हो । २०६४ को पहिलो संविधानसभा देखि निरन्तर चुनाव र पहिचानको आन्दोलनमा सक्रिय रहेको यो पार्टीले पछिल्लो समय लिम्बुवान लगायत १०+१ प्रान्त पहिचानको आधारमा स्थापना हुनु पर्ने कुरामा जोड दिदैं आन्दोलनरत पार्टी हो । संघीय सामुदायिक समाजवाद, संघीय सहअस्तित्ववाद र संघीय इकोइकोनोमि विचारधाराले मात्र देश अग्रगमन दिशा तर्फ उन्नमुख हुने भन्दै लामो समयदेखि मञ्च पहिचानको आन्दोलनमा सक्रिय रहेको छ ।

नेपालकै पहिलो संघीय ढाँचाको पार्टीको रुपमा स्थापित मञ्चले मुख्यगरी संघीयतालाई पहिचानको आधारमा वर्गिकृत गर्दै नेपाललाई हालको ७ प्रदेशबाट शक्तिशाली ११ प्रान्त बनाइनु पर्ने र देशको ७७ वटा सिडिओलाई हटाउनु पर्नेमा जोड दिएको छ । देशको कुल बजेटको ६५ प्रतिशत बजेट कर्मचारीतन्त्रमा खर्च भईरहेकोमा सो खर्चलाई ३५ प्रतिशतमा झार्नु पर्ने र ६ खरब भन्दा धेरै रकमलाई राज्यको कोषबाट खर्चहुन जोगाउँदै विकास, स्थास्थ्य र शिक्षामा सो रकम खर्च गर्नु पर्ने धारणा राख्दै मञ्चले आफ्नो राजनैतिक एजेण्डालाई चुनावी एजेण्डा बनाएर आगामी मंसिर ४ को चुनावमा सहभागी भएको जनाएको छ ।

शिक्षा नीति व्यवहारिक र संघीय ढाँचाको हुनुपर्ने जनाउँदै मञ्चले भाषा आयोग लागू गर्दै भाषाबाटै लोकसेवा आयोगको जाँच दिन पाउने व्यवस्था गर्नुपर्नेमा पनि जोड दिएको छ ।

सम्बन्धित समाचार

शुसीला कार्कीले प्रधानमन्त्रीकाे लिइन् सपथ

काठमाडाैं, २७ भदाैं । राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानको धारा ६१ बमोजिम नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति  पौडेलबाट शपथ लिएकी हुन् । उनले नेपालको पहिलो...

गृहमन्त्री लेखकले दिए राजीनामा

ललितपुर, २३ भदाैं ।  गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका...

जेन जि आन्दोलन देशब्यापी: १४ को मृत्यु: सयौं घाइते

ललितपुर, २३ भदौ / जेन-जीको देशव्यापी प्रदर्शन जारी, केही नेटवर्कमा भीपीएन बिनै चल्न थालेको छ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनदेखि भ्रष्टाचार अन्त्यको माग गर्दै जेन-जी पुस्ताले गरिरहेको विरोध प्रदर्शनले हिंसात्मक रूप लिँदै गएको छ ।...

सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम  मात्र होईन : अन्यायको विरोध गर्ने ठाउँ पनि हो !

प्रेमचन्द्र झा नेपालमा पछिल्ला केही वर्षयता अभिव्यक्ति स्वतन्त्रतामाथि विविध बहानामा बारम्बार हस्तक्षेप हुँदै आएको छ। राष्ट्रियताको नाममा, सामाजिक सद्भावको रक्षा गर्ने बहानामा, वा झूटा सूचना नियन्त्रण गर्ने नाउँमा सरकारले विभिन्न चरणमा सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने...