महागुरु फाल्गुनन्द १३८ औं जन्मजयन्ती संसारभर मनाइदै

 लिम्बुवान न्युज
                       

किरात जातीहरुको आस्थाको धरोहर बिसौ शताब्दीका महान समाज सुधारक तथा किरात धर्म दर्शनदाता १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १३८औं जन्मजयन्ती आज संसारभर मनाइदैछ ।

महागुरु फाल्गुनन्दको कात्तिक २५ गते जन्मजयन्तीको अवसरमा आज विभिन्न धार्मिक स्थलहरुमा किरात धार्मिक परम्पराले कार्यक्रमहरु हुँदैछ । इलामका किरात माङ्हिमहरु, त्यसैगरी पान्थर, ताप्लीजोङ, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ्, उदयपुर, भोजपुर, झापा, संखुवासभा लगायतका विभिन्न जिल्लाहरुमा किरात जातीहरुको बाहुल्यता रहेको स्थानहरुमा धुमधामले मनाइन्दैछ । यसैगरी काठमाडौं उपत्यका, पोखरा त्यसैगरी विश्वको विभिन्न देशहरुमा बसोबास गर्ने किरात जातीहरुले आज महागुरुको स्मरण गर्नेछन् ।

प्रदेश नं. १ सरकारले आज सार्वजनिक विदा दिएको छ । आज विहान महागुरुको तस्वीरमा माल्यार्पण गरी दियोकलस वात्ती बाली पुजा गर्ने र साँझमा घरघरमा दियो बाली महागुरुले किरात जातीहरुको निम्ति समाजसुधारक भई अहिंसावादी कर्मलाई सम्मान गर्दै आज किरातीहरु धार्मिक, सांस्कृतिक रुपमा सवल बन्दै गएको हुँदा महागरुको स्तुती गर्दै आइएको किरात धर्मावलम्बीहरुको विश्वास रहेको छ ।

यसैगरी भारत, भूटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबइ, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, साइप्रस लगायत विश्वका विभिन्न मुलुकहरुमा रहेका किरात जातीहरुले महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाउने आइरहेका छन् ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...