पत्रकार उपचार कोषमा ६४ लाख

 लिम्बुवान न्युज
                       


बिर्तामोड, २९ कात्तिक  । झापाका पत्रकारको सामाजिक सुरक्षाका लागि नेपाल पत्रकार महासंघ झापा शाखाले १ करोडको लक्ष्यसहित स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा ६४ लाख रुपैयाँ जम्मा भएको छ ।

कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा घाइते भएको अवस्थामा उपचार खर्च समेत उपलब्ध गराउन थालिएको महासंघ झापाले जनाएको छ ।

सहारा नेपाल साकोससहित विभिन्न सहकारी संस्था, विद्यालय , सामाजिक तथा व्यवसायिक संस्थाले कोषमा रकम सहयोग गरेका हुन् । व्यक्तिगत रुपमा समेत पितृको स्मृति, जन्मोत्सव तथा विवाहउत्सव लागायतका सन्दर्भमा दाताहरुले दिएको सहयोगबाट कोषमा उक्त रकम जम्मा भएको हो ।

पत्रकारको उपचार तथा दीगो हितका लागि कोषलाई सहयोग गर्ने सबै दाताहरुप्रति महासंघको हालै बिर्तामोडमा सम्पन्न साधारणसभाले धन्यवाद ज्ञापन गरेको छ । साधारणसभाले कोषलाई एक करोड पुर्याउने लक्ष्य हासिल गर्न सहयोगका निम्ति सबै पक्षलाई अपिल पनि गरेको छ ।

महासंघका सदस्यले समेत उक्त सुविधा लिन न्यूनतम तीन हजार शुल्क तिरेर कोषमा आवद्ध हुनुपर्ने व्यवस्था छ । महासंघको अघिल्लो साधारणसभाले पारित गरेको कार्यविधि अनुसार पत्रकारले कोषमा एक पटक आवद्धता शुल्क बुझाएपछि पुनः बुझाउनु पर्दैन । साथै यही कात्तिक २५ गते सम्पन्न साधारणसभाले बिरामी तथा घाइते पत्रकारलाई यसअघि दिइदै आएको उपचार खर्चमा वृद्धि गरेको छ ।

झापाका बिरामी तथा घाइते पत्रकारलाई ‘क’ ‘ख’ ‘ग’ गरी तीन वर्गमा विभाजिन गरी क्रमशः २० हजार, १५ हजार र १० हजार उपचार खर्च दिईदै आएको थियो । उपचार कोष कार्यविधि संसोधन गरी अब ३० हजारसम्म उपचार खर्च दिन निर्णय गरिएको छ ।

त्यस्तै पत्रकार महिला सुत्केरी हुँदा यदि शल्यक्रिया गर्नुपर्ने भएमा २५ हजार रुपैयाँ उपचार खर्च महासंघले कोषमार्फत उपलब्ध गराउने निर्णय गरेको छ ।

महासंघले सदस्यको मृत्यु भएमा परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्ने समेत निर्णय गरेको छ । कोषको ब्याजबाट प्राप्त हुने रकमबाट तत्कालका लागि उक्त सहयोग प्रदान गरिने र भविश्यमा कोष वृद्धि हुँदै जाँदा सुविधा रकम पनि बढाउदै लगिने बताइएको छ ।

महासंघ झापाको सिफारिसमा उपचार खर्चको आधारमा जिल्लाका पत्रकारहरुले महासंघ केन्द्रीय समिति र प्रेस काउन्सिलबाट समेत उपचार खर्च पाउदै आएका छन् ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...