आत्मानन्द कप शुक्रबार देखि सुरु हुदैं

,   लिम्बुवान न्युज
                       


दमक, ८ मंसिर । किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङको ६९औं जन्मोत्सव तथा गुरुआमा पवित्रहाङमा साम्बा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित ‘आत्मानन्द कप’ १५ औं संस्करण पुरुष फुटबल प्रतियोगिता २०७९ शुक्रबार देखि सुरु हुदैंछ ।

आत्मानन्द कपको यस संस्करणमा नेपाल र भारतका आठ वटा टिमहरु सहभागी भएका छन् । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा भोलि सुरु हुने उद्घाटन खेलमा माङसेबुङ् गाउँपालिका इलाम र एच.एफ.सी. सुनसरीबीच प्रतिष्पर्धा हुनेछ ।

‘आत्मानन्द कप’ १५ औं संस्करण पुरुष फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मन प्रसाद आङबुहाङले बताए ।

अध्यक्ष आङबुहाङका अनुसार आत्मनन्द कपको यस संस्करणमा नेपालबाट आयोजक माङसेबुङ गाउँपालिका टिम, एच.एफ.सि. सुनसरी, छथर गाउँपालिका तेह्रथुम, कर्णसिं सोनाम एफ.सिं ताप्लेजुङ, तिजोक युबा क्लब पान्थर, चारतारे युवा क्लब मोरङ, जलथल एफ.सि. झाप, र भारतको दार्जिलिङबाट एम.एफ.सि. गरि आठ टिमको सहभागिता रहेको छ ।

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै, खेलमा सहभागी टिमलाई फेयर समेत प्रदान गरिने आयोजक आत्मा पवित्र हुक्चात यक्चुमका सचिव सरिता राईले बताईन् ।

फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजना हुने सचिव राईले बताईन् ।

आत्मानन्द कप दुईसाल यता इलाम जिल्लाकै सबैभन्दा ठूलो पुरस्कार राशीको फुटबल खेलको रुपमा रहेको छ । इलाम सदरमुकमा आयोजना हुने माइभ्याल्ली कप केही साल यता आयोजना नभएकाले आत्मानन्द कप सबैभन्दा ठूलो पुरस्कार राशीको गोल्डकपको रुपमा रहेको छ ।

आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा प्रतियोगिता संचालन हुँदै आएको छ ।

प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ । गतसालको आत्मनन्द कप आयोजक माङसेबुङ गाउँपालिकाको टिमले जितेको थियो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;