रुक्सानाको “भुइसोरी ढोगे है” गीतको भिडियो सार्वजनिक
सोमबार, १२ मंसिर, २०७९ बिहानको ०८:२२ बजे,
लिम्बुवान न्युज
दमक, १२ मंसिर । पूर्वकै चर्चित छायांकार, कारियोग्राफर तथा निर्देशक भुपेन्द्र तुम्बाहाङफेले द भ्वाईस अफ किडस् नेपालका फिनालिष्ट रुक्साना लिम्बूको आवाजमा सजिएको पुर्वेली लोक गीत ‘भुइसोरी ढोगे है’ किड भर्जन गीत सार्वजनिक गरिएको छ ।
दिनेश माङमुको कोरियोग्राफीमा सञ्चारकर्मी तथा मोडल सिर्जना निङ्लेकु लिम्बूको छोरी रासि लिम्बू र गायिका रुक्साना लिम्बूको समेत अभियन रहेको पुर्वेली लोक भाकामा सजिएको गीत ‘भुइसोरी ढोगे है’ को किड भर्जन भिडियो मोडल सिर्जना निङलेकुको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतकार संजिब पारदर्शी राईको शव्द तथा संगीतकार डी आर अटुको संगीतमा लोकप्रिय गायिका सुनिता थेगिम लिम्बूको आवाजमा मोडल सिर्जना निङ्लेकुको अभिनयलाई यस अघिनै दर्शक स्रोताले औधी मन पराएको उक्त गीतको किड भर्जन हो ।
लिम्बुनी र राईनी बाल मित्रतालाई प्रस्तुत गरिएको भिडियोमा लिम्बू र राईको कला संस्कृतिलाई समेत उजागर गर्न खोजिएको निर्देशक तुम्बाहाम्फेले बताए । बाल गायिका रुक्साना लिम्बु र रासि लिम्बु द्वयको यो प्रस्तुति दर्शक स्रोतले औधि मन पराउनु उनले बताए ।
थैली इन्टरटेन्मेन्टको पोष्ट प्रडक्शनमा कल्पना लिम्बू र आयुसा श्रेष्ठको सृङगार रहेको भिडियोमा अनिल रानाको सम्पादन रहेको छ । राजु कार्कीको संगीत संयोजनमा स्टुडियो लिम्दुमी कृएशनमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।
धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...
धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...
ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...
ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...