इटहरीमा कार्तिक १८ गते संयुक्त एक्यबद्धता सभा हुँदै

 लिम्बुवान न्युज
                       

दमक, १६ कार्तिक । प्रदेश १ स्थित इटहरीमा कार्तिक १८ गते प्रदेशको नाम कोशी खारेजीको माग गर्दै संयुक्त एक्यबद्धता सभा हुने जनाइएको छ । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको संयोजनमा उक्त सभा हुन लागेको हो ।

उक्त सभालाई सम्पन्न गर्ने क्रममा बुधबार मोरङको पथरीमा आइपुगेका किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेनले संघीय गणतन्त्रवादी, प्रदेशको नाम कोशी खारेजीको पक्षमा रहेका, देश समानुपातिक, समावेशी र धर्मनिरपेक्षता देश चाहने सम्पूर्णलाई इटहरीमा हुने सभामा सहभागी हुन आव्हान गरेका छन् ।

१८ गते हुने सभालाई तामाङ, मगर, गुरुङ, नेवार, थारु समुदायको साझा सामाजिक संस्थाहरुको नेतृत्वले समेत सम्बोधन गर्ने जनाइएको छ । सोही सभालाई प्रभावकारी बनाउने उद्देश्यले बुधबार किरात याक्थुङ् चुम्लुङको संघीय एक्तेन, राष्ट्रिय जनमुक्ति पार्टीको अध्यक्ष केपी पालुङ्वा, किरात राई यायोक्खाको उपमहासचिव अर्जुन जम्नेली राई, मोरङ जिल्ला संघर्ष समितिका अध्यक्ष रामभक्त कुरुम्बाङ, उपाध्यक्ष डम्बर कुरुम्बाङ, सचिव जयराज संयोग लगायत भेटेर छलफल भएको यायोक्खाका जम्नेलीले बताएका छन् ।

प्रदेश नं. १ मा चलिरहेको कोशी नाम खारेजीको आन्दोलनप्रति एक्यबद्धताको साथै अभियानमा सहभागी हुने उद्देश्यले इटहरीमा कार्यक्रमको आयोजना गरिएको नेपाल तामाङ घेदुङ संघको केन्द्रीय अध्यक्ष मोहन गोलेले बताए । अध्यक्ष तामाङले प्रदेश १ मा चलिरहेको आन्दोलन पहिचान अभियानको रुपमा मेचीदेखि महाकालीसम्म जोड्दै तेस्रो जनआन्दोलनमा बिकासहुन सक्ने बताउदै आएका छन् ।

इटहरी कार्यक्रममा सुनसरी, मोरङ, झापा, धनकुटा र उदयपुरदेखि सहभागिता रहने जनाइएको छ । कार्यक्रममा प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिलाई ब्यापक सहभागिता जनाउन आव्हान गरिएको संघर्ष समितिको अर्को घटक संस्था किरात राई यायोक्खाको केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले बताए ।

प्रदेश नं.१ पुन नामाङकन् अभियान समितिको अध्यक्ष डकेन्द्रसिंह थेगिम, नेपाल आदिबासी जनजाति महासंघ केन्द्रीय समिति, शेर्पा संघ, यायोक्खा, चुम्लुङ्, राष्ट्रिय जनमुक्ति पार्टी (छ घटक), जनता समाजवादी पार्टीको किरात, लिम्बुवान राष्ट्रिय समितिहरु, संघीय मञ्च, माओवादी सम्बद्ध किरात, लिम्बुवान, देशभक्त समाजवादी मोर्चा, धिमाल मोर्चाहरु, नागरिक उन्मुक्ति पार्टी एकीकृत लिम्बुवान समिति, अन्य जातीय संस्थागरी ४० भन्दा धेरै संघ संगठनहरु आन्दोलित रहेका छन् ।

कार्यक्रममा तामाङ, नेवार, मगर, गुरुङ्, थारु समुदाय लगायत मुख्य जातीय संस्थाहरुले समेत आन्दोलनको एक्यबद्धता जनाउने बताइएको छ । आदिवासी जनजाति संघ संस्थाहरूले गत असोज २२ गते एक संयुक्त विज्ञप्ति जारी गर्दै कार्तिक १८ गते सभा गर्ने जनाएको थियो ।

सम्बन्धित समाचार

उज्यालोको आज घोषणा सभा: मन्त्री घिसिङले सम्बोधन गर्ने

दमक, १७ मङ्सिर । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा आज दिउँसो १ बजे हुँदैछ । काठमाडौ श्थित प्रज्ञा भवन कमलादीमा पार्टीले औपचारिक घोषणा सभा गर्न लागेको हो । घोषणा सभा...

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...