प्रदेश १ स्तरिय ताम्सालिङ संयुक्त संघर्ष समिति गठन

 लिम्बुवान न्युज
                       


इटहरी, सुनसरी । ‘ताम्सालिङ प्रदेश निर्माणको लागि एकजुट हौं’ भन्ने मूल नाराको साथ इटहरीमा ताम्सालिङ संयुक्त र्सघर्ष समिति प्रदेश नं. १ गठन भएको छ । नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेको प्रमुख आतिथ्यतामा समिति गठन गरिएको हो ।

चन्द्र गोम्देन तामाङकाे अध्यक्षतामा १४ सदस्यीय प्रदेश नं. १ स्तरीय संयुक्त संघर्ष समिति गठन गरिएको छ । समितिको सदस्य सचिवमा पदम मोक्तान तामाङ र प्रवक्तामा सबीला मोक्तान चयन भएका छन् ।

उक्त भेलाले सदस्यहरुमा हस्त पाख्रिन तामाङ, फूलमाया मोक्तान, सन्देश तामाङ, जसकुमार तामाङ, एम कुमार योञ्जन, मोहन लोप्चन, दुर्गा नेगी र विष्णु गोले तामाङलाई चयन गरिएको आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष सन्तवीर लामाले बताएका छन् । उक्त भेलालमा प्रमुख अतिथि गोलेले ताम्सालिङ संयुक्त संघर्ष समिति गठन गर्नुको औचित्य बारे प्रष्ट पारेका थिए । अध्यक्ष गोलेले भने तामाङ जातिको लागि ‘ताम्सालिङ’ नै राष्ट्रिय मुक्तिको एक मात्र विकल्प हो । सबै यो राष्ट्रिय मुक्ति आन्दोलनमा सहभागी हुन अपिल गर्दछु ।

कार्यक्रममा घेदुङ लगायत विभिन्न संगठनमा आवद्ध व्यक्तिहरुले आ–आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...