दमकमा नागरिक उन्मुक्ति पार्टी (एकीकृत) गठन

 लिम्बुवान न्युज
                       

दमक, २३ कार्तिक । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) दमक नगर तदर्थ समिति गठन भएको छ । विहीबार पार्टीका केन्द्रीय उपाध्यक्ष अशोक चेम्जोङ्को प्रमुख आतिथ्यतामा दमकस्थित सिर्जना होटलको सभाहलमा आयोजित कार्यक्रमले सुखबहादुर सोदेम्बा लिम्बुको अध्यक्षतामा तदर्थ समिति बनेको हो ।

आज आयोजित तदर्थ समिति गठन कार्यक्रमले बरिष्ठ उपाध्यक्षमा जीतेन राई, उपाध्यक्षमा विनुप लिम्बु, सचिव खालि रहेको छ भने सहसचिवमा कैलाश देवान, कोषाध्यक्षमा समीर केरुङ चयन भएका छन् ।

यसरी नै उक्त कार्यक्रमले समितिको सदस्यहरुमा हरी माखिम, कुमार योङहाङ, नरेश कन्दङ्वा, अनिसा थेवे, विवश आले मगर, सुवास जवेगु, मोहन दर्नाल, परेन्द्र देवान, डिकबहादुर पालुङ्वा, संजीव खोयाहाङ, योग बहादुर थेवे, रामप्रसाद लावती, लक्ष्मी कुमार माङ्मु, ललित बहादुर पालुङ्वा, सुन्दर चेम्जोङ र निशा राई चयन भएका छन् ।

कार्यक्रममा शुभकामना मन्तव्य दिनु हुँदै प्रमुख अतिथि चेम्जोङ्ले पहिचानको राजतीनिलाई परिणाममुखी र देशव्यापी रुपमा शसक्त बनाउन विभिन्न साना साना पहिचानवादी पार्टीहरु नागरिक उन्मुक्ति पार्टी एकीकृतमा एकीकरण भएको बताउनु हुँदै प्रदेश १ का सबै तहहरुमा चाडोभन्दा चाडो संगठन निर्माण हुने बताउनुभयो ।

यसैगरी कार्यक्रममा पार्टीका महासचिव दिलकुमार लावती, सचिव भविराज तुम्सा, सचिवालय सदस्य शरण जवेगु, रञ्जन योङहाङ त्यसैगरी केन्द्रीय सदस्य मोहन राई, दिपेश पालुङ्वा, लिम्बुवान प्रान्तीय समितिका उपाध्यक्ष चैतन्य केदेम लगायत नेताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...