जसपा लिम्बुवान राष्ट्रिय समिति अध्यक्षमा जेन्टल लावती सर्वसम्मत चुनिए

 लिम्बुवान न्युज
                       


पाँचथर, मंसिर १२ । जनता समाजवादी पार्टी नेपाल, लिम्बुवान राष्ट्रिय समिति पुर्नगठन भएको छ । शनिबार पान्थरको फिदिमस्थित आयोजित एक कार्यक्रमले जेन्टल लावतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।
नवगठित समितिको उपाध्यक्षहरुमा एविराज आङदेम्बे, संजय मेवाहाङ राई, अग्नीमाया मेचे, मुख्य सचिवमा केदार धिमाल, सचिवहरु अजितकुमार धिमाल, हेमराज जिमि, सुश्मा राई र कोषाध्यक्षमा टूपेन्द्र एक्तेन रहेको जनाइएको छ ।
यसैगरी सदस्यहरुमा प्रदिप मादेन नानी, सुजित ओख्राबो, सजिव योङया, जकेन्द्र लावती, टि.आर. आङदेम्बे, क्षितिज लावती, रोहित आङबो, हेमराज माङमु (राकेश), कमल नेम्बाङ, काङ्सोरे सुन्दर लावती, विशेश्वरप्रसाद बेघा, मोहन देवान, बिक्रम लिम्बु लेक्वा, श्याम एक्तेन, प्रेमचन्द्र लेप्चा, मणि लुङगेली मगर, दिपा निङ्लेकु, देउमान चेम्जोङ, खड्क लिम्बु खाम्बेक, नारायणमान गुरुङ, किशोरचन्द्र इङनाम, मोहनक’मार धिमाल, श्रीप्रसाद धिमाल, रिता खापुङ, कमला रुम्दाली राई, लिला राई, सन्तोष कुरुम्बाङ, सोनिका आठपहरिया, सुर्य तमू, सुरेन्द्र सुहाङ र मनमाया आङदेम्बे रहेका छन् ।
कार्यक्रम लिम्बुवान समितिका अध्यक्ष खगेन्द्र माखिमको अध्यक्षतामा भएको थियो । त्यसैगरी कार्यकारिणी सदस्य रकम चेम्जोङ्को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको संचालन मुख्य सचिव केदार धिमालले गरेका थिए ।

नव गठित समितिका अध्यक्ष लावतीले आइतबार एक विज्ञप्ति जारी गर्दै पहिचानमा आधारित दश प्लस एक प्रदेशसँगै लिम्बुवान प्रदेश स्थापना गर्ने, लिम्बुवान प्रदेश सुनिश्चतताको लागि नेपालको अबको आठौँ प्रदेश लिम्बुवान प्रदेश भन्ने नारा सहित एकताबद्ध भएर अघि वढ्न आवह्वान गरिएको, जबसम्म प्रदेश न. १ को नाम पहिचानको आधारमा नामकरण हुँदैन् तब सम्म अविचलित रुपमा आन्दोलन जारी रहने बताए ।
उनले जारी गरेको ६ बुँदे विज्ञप्तिमा लिम्बुवानमा ब्याप्त भ्रष्टाचार विरुद्धमा शसक्त आन्दोलन गर्ने, गुणस्तरीय शिक्षा, सुलभ स्वस्थ्य, सुशासन, जनजिविकाका सवालहरुमा सधै आवाज बुलन्द गर्ने लगायतका निर्णयहरु गरिएको उल्लेख छ ।
१. जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिको पुनर्गठन कार्यक्रम मिति २०८० असोज १३ गते र कार्तिक १ गते स्थगन गरिएको थियो । सो स्थगित पुनर्गठन कार्यक्रम यहि मिति २०८० मंसिर ९ गते शनिबारको दिन समितीका अध्यक्ष श्री खगेन्द्र माखिम ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । सो पुनर्गठन बैठकमा जसपा, नेपालका कार्यकारिणी समिति सदस्यहरु रकम चेम्जोङ र रणध्वोज कन्दङ्वा ज्युको उपस्थिति रहेकोे थियो ।
विज्ञप्ति हेर्नुहोस्ः

सम्बन्धित समाचार

तीन मन्त्रीको टुंगो लाग्योः अर्थमा रामेश्वर, गृहमा ओमप्रकाश र उर्जामा कुलमान

ललितपुर, २९ भदौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार अर्थमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जामा कुलमान घिसिङको...

युथ इन्डिजिनिष्ट लिगले जेनजीको सुरक्षा गर्ने

ललितपुर,२९ भदाैं । युथ इन्डिजिनिष्ट लिग (वाईआईएल)ले देशमा हालै भएको राजनीतिक परिवर्तनलाई पूर्ण रूपमा स्वागत गर्ने घोषणा गरेको छ। संगठनले यो प्रक्रियामा अग्रणी भूमिका खेलेका जेनजीहरूको नेतृत्व तथा योगदानप्रति उच्च सम्मान र प्रशंसा व्यक्त गरेको...

शुसीला कार्कीले प्रधानमन्त्रीकाे लिइन् सपथ

काठमाडाैं, २७ भदाैं । राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानको धारा ६१ बमोजिम नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति  पौडेलबाट शपथ लिएकी हुन् । उनले नेपालको पहिलो...

गृहमन्त्री लेखकले दिए राजीनामा

ललितपुर, २३ भदाैं ।  गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका...