टिकाहाङकाे ‘बुकी फुल’ गीतकाे भिडियाे सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, १६ कार्तिक । गायक टिकाहाङ लिम्बुको स्वर रहेको गीत ‘बुकी फूल’ गीत सार्वजनिक गरिएको छ । भुपेन्द्र तुम्बाहाम्फेकाे निर्देशन तथा छायाङकन रहेकाे गीत बेलाबारी महाेत्सवमा सार्वजनिक गरिएकाे हाे ।

उक्त  गीतकाे शब्द तथा संगीत मविन्द्र राईको रहेकाे छ भने गीतमा गिटार सन्देश थारु र ड्रम अवेथापा मगरको रहेकाे छ ।

रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा ऐशा तामाङ र निर्मल राईको फिचरिङ गरिएकाे छ । भिडियोमा ऐशा र निर्मलको प्रेमकथा देखाउन खोजिएको निर्देशक तुम्बाहाम्फेले बताए ।

भिडियोमा अनिल राणाको सम्पादन छ । निर्देशक तुम्बाहाम्फेले पुर्वका विभिन्न रमणीय दृश्यहरु समेटेर आकर्षक भिडियो बनाएका छन्। भिडियो द्रब्य ब्याण्डको अफिसियल यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

भिडियाे तल हेर्नेहाेस् 

 

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...