दाेस्राे फाल्गुनन्द कप फूटबल शुरू

 लिम्बुवान न्युज
                       

दमक, १९ कार्तिक । दोस्रो महागुरु फाल्गुनन्द कप २०८१ खेलकुद प्रतियोगिता आजबाट सुरु भएकाे छ ।

इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दोस्रो महागुरु फाल्गुनन्द कप २०८१ खेलकुद प्रतियोगिता सुरु भएको हो ।

महान समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १४०औं जन्मजयन्तीको अवसरमा कातिक १९ देखि २५ सम्म सञ्चालन हुने दोस्रो महागुरु फाल्गुनन्द कप प्रतियोगिताको आइतबार तयारी पुरा भएको आयाेजक युथ अफ माङसेबुङका अध्यक्ष विवेक वनेम फागोले बताए ।

प्रतियोगिताको उद्घाटन खेलमा आशिस स्पोर्टिङ क्लव र एनवाईसी चुक्चिनाम्बाबिच हुने र दोस्रो खेल युथ अफ माङसेबुङ र मिक्लाजुङ ५ विच हुने जनाइएकाे छ  ।

प्रतियोगितामा आशिस स्पोर्टिङ क्लव र एन.वाई.सी. चुक्चिनाम्बा, युथ अफ माङसेबुङ, मिक्लाजुङ ५, महमाई एफसी, एम.आर.सी. एफ.सी., धरान वारियर्स एफ.सी., सिङफेरे एफ.सी., आयोजक, चतरे भेट्रान्स, ब्रदर्श युनाईटेड एफ.सी. र बेङडाँडा एफ.सी. दुधे गरि १२ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण प्राप्त गर्नेछन् । उपविजेताले टिमले नगद २० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाईनल खेल कातिक २५ गते हुने अध्यक्ष फागाेले बताए ।

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...