दाेस्राे फाल्गुनन्द कप फूटबल शुरू

 लिम्बुवान न्युज
                       

दमक, १९ कार्तिक । दोस्रो महागुरु फाल्गुनन्द कप २०८१ खेलकुद प्रतियोगिता आजबाट सुरु भएकाे छ ।

इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दोस्रो महागुरु फाल्गुनन्द कप २०८१ खेलकुद प्रतियोगिता सुरु भएको हो ।

महान समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १४०औं जन्मजयन्तीको अवसरमा कातिक १९ देखि २५ सम्म सञ्चालन हुने दोस्रो महागुरु फाल्गुनन्द कप प्रतियोगिताको आइतबार तयारी पुरा भएको आयाेजक युथ अफ माङसेबुङका अध्यक्ष विवेक वनेम फागोले बताए ।

प्रतियोगिताको उद्घाटन खेलमा आशिस स्पोर्टिङ क्लव र एनवाईसी चुक्चिनाम्बाबिच हुने र दोस्रो खेल युथ अफ माङसेबुङ र मिक्लाजुङ ५ विच हुने जनाइएकाे छ  ।

प्रतियोगितामा आशिस स्पोर्टिङ क्लव र एन.वाई.सी. चुक्चिनाम्बा, युथ अफ माङसेबुङ, मिक्लाजुङ ५, महमाई एफसी, एम.आर.सी. एफ.सी., धरान वारियर्स एफ.सी., सिङफेरे एफ.सी., आयोजक, चतरे भेट्रान्स, ब्रदर्श युनाईटेड एफ.सी. र बेङडाँडा एफ.सी. दुधे गरि १२ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण प्राप्त गर्नेछन् । उपविजेताले टिमले नगद २० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाईनल खेल कातिक २५ गते हुने अध्यक्ष फागाेले बताए ।

सम्बन्धित समाचार

लक्ष्मी उच्च माध्यमिक विद्यालयले तीन दिने स्वर्ण महोत्वसव मनाउदै

अजित धिमाल बेलबारी । बेलबारी-११, लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै तीन दिने स्वर्ण महोत्सव मनाउदैछ । शुक्रवार देखि आइतबार सम्म महोत्सव मनाउन लागेको हो । २०३२ सालमा भाङ्बारीकाे...

धरानमा लिम्बू पालामी चलचित्र ‘मिम्लेन् फूङ्’ प्रदर्शन हुने

दमक, १८ मङ्सिर ।  लिम्बू पालामी चलचित्र 'मिम्लेन् फूङ्' धरानमा प्रदर्शन हुने भएको छ | आगामी २०८२ साल पुष १३ गते विहान आठ १५ बजेदेखि फ्रेन्ड्स सिनेमा बराह मलमा विशेष प्रदर्शन हुने भएको हो |...

आज किरात समुदायको चार्ड उधौली मनाईदैः नेवारले पनि यःमरी पुर्णिमा मनाउँदै

दमक, १८ मंसिर । मंसिरे पूर्णे अर्थात धन्यपूर्णिमाको दिन आज किरात समुदायले आफ्नो रितिरिवाज, परम्परा अनुसार विविध कार्यक्रम गरि मनाउँदैछन् । आफ्ना पूर्खाहरुको सम्मानमा किरातीहरुले चासोक, उभौली पर्व मनाउने गरेका छन् । किरात जातीहरु लिम्बुले...

उज्यालोको आज घोषणा सभा: मन्त्री घिसिङले सम्बोधन गर्ने

दमक, १७ मङ्सिर । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा आज दिउँसो १ बजे हुँदैछ । काठमाडौ श्थित प्रज्ञा भवन कमलादीमा पार्टीले औपचारिक घोषणा सभा गर्न लागेको हो । घोषणा सभा...