नागरिक उन्मुक्ति पार्टीले १७ स्थानमा टुङ्ग्यो उम्मेदवार

 लिम्बुवान न्युज
                       

दमक, ३० कार्तिक । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीले १७ स्थानमा उम्मेदवार टुंगो लगाएको छ । प्रदेश नं. १ को आठ स्थानमा मध्ये पाँच स्थानमा टुङ्गो लगाएको छ ।

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि बुद्धिचन विश्वासलाई उम्मेदवार बनाएको छ । सुनसरीको गढी गाउँपालिका वार्ड–८ मा वडाध्यक्षका लागि ललित चौधरी, ताप्लेजुडको सिरीजङ्घा गाउँपालिका–३ का वडाध्यक्षका लागि प्रेममा देनलाई उम्मेदवार बनाउने नाउपाले निर्णय गरेको छ ।

यस्तै उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडाध्यक्षका लागि सिताराम चौधरी र उदयपुरकै बेलका नगरपालिका–८ को वडाध्यक्षका लागि भुपेन्द्र राईलाई सिफारिस गरिएको पार्टीले जनाएको छ । साथै अन्य स्थानका लागि उम्मेदवारको सिफारिस प्रक्रियामा रहेको पार्टीले जनाएको छ ।

यस्तै मधेश प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ मा अध्यक्षका लागि शिवकुमार राम र सोही पालिका वार्ड–१ को वडाध्यक्षका लागि चन्द्रकिशोर चौधरीको नाम टुंगो लगाएको छ । यस्तै रौतहटको इशनाथ नगरपालिका–७ मा वडाध्यक्षका लागि टेक साहिद, रौतहटकै राजपुर नगरपालिका वार्ड–६मा वडाध्यक्षका लागि नरुद्धिन खानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने यसैगरी रौतहटकै गढीमाई नगरपालिका–८ को वडाध्यक्षका लागि टेक सुनौलालाई सिफारिस गरेको छ ।

यसैगरी लुम्बिनी प्रदेशको कपिलवस्तुको सुद्धोधन गाउँपालिका–१ मा वडाध्यक्षको लागि सुर्यकुमार चौधरी थारु, बर्दिया ठाकुरबाबा नगरपालिका वार्ड–४ को वडाध्यक्षका लागि प्रितिलाल थारुको नाम टुंगो लगाएको छ भने गण्डकी प्रदेशको गोरखामा गोरखा नगरपालिका–५ मा वडाध्यक्षका लागि सुकमाया नेपाली, बाग्मती प्रदेशको नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्षका लागि अमृत तामाङलाई उम्मेदवार बनाएको छ ।

नाउपाले सुदुरपश्चिम बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा रेखा जेठारा, कैलालीको जिसस प्रमुखमा रुक्मती थारुनी,कञ्चनपुर भिमदत्त नगरपालिका–६ मा वडाध्यक्ष हरिश चौधरीलाई उम्मेदवार बनाएको महासचित तथा मनानीय गंगा चौधरीले बताए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...