कृष्ण काश्यप गजल संग्रह ‘सराव’ विमोचन

 लिम्बुवान न्युज
                       

दमक, १ मंसिर । झापा, दमकको स्रष्टा कृष्ण कास्यपको गजल संग्रह ‘सराप’को विमोचन भएको छ । शनिबार दमकस्थित कदम थिएटरको सभाहलमा प्राज्ञ सुमित्रा वाङदेल ‘चेली’को प्रमुख आतिथ्यतामा विमोचन गरिएको हो ।

कदम थिएटरमा नाटक हेर्न आउने गरिए पनि शनिबारको माहौंल अलि फरक नै देखियो । दमककै सबैभन्दा ठूलो स्रष्टा छापाखानाबाट स्रष्टा पब्लिकेशनले गजल प्रकाशन गरेको हो ।

गजल संग्रहलाई बरिष्ठ साहित्यकार केशव आचार्य र घनश्याम पथिकले कृतिको चर्चा गरेका थिए । सरावले गजलमा एउटा नयाँ आयम थपेको र गजलकारको चर्चा गरेका थिए ।

यसैगरी अतिथि वक्ताको रुपमा प्राध्यापक तथा साहित्यकार मधुराज केरुङ्ले सराबको पनि वर्ग हुनुपर्ने बताए । आफू अर्गानिक सराब मनपराउने बताउँदै मुन्धुममा नै सराबको सन्दर्य हुने बताए । उनले सराव उपनिवेश भएको भन्दै अर्गानिक लेख्न अनुरोध गरेका छन् ।

यसरी नै साहित्यकार लिला अनमोल र सुनिता तामाङ्ले गजलकार कास्यपको दुईदुई गजल पढेर स्रोताहरुलाई गजलको स्वाद पिलाएका थिए ।

पब्लिकेशन संचालक याम थुलुङ्, लेआउट डम्बर तुम्बापो बुद्धको मुख्य भूमिका रहेको यो कृति विमोचन कार्यक्रमको संचालन सचिव राजकुमार अकिन्चनले गरेका थिए भने अध्यक्षता अध्यक्ष सुन्दर कुरुपले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य कदम थिएटरका सिजन दाहालले राखेका थिए ।

कार्यक्रममा झापा, मोरङ, सुनसरी, इलाम र पाँचथरका स्रष्टाहरुको सहभागिताको रहेको थियो ।

कार्यक्रमकाे मिडिया पार्टनर लिम्बुवानखबर डटकम, फेसबुक र युट्युव पार्टनर एफडिसी एचडी रहेका थिए ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...