कृष्ण काश्यप गजल संग्रह ‘सराव’ विमोचन

 लिम्बुवान न्युज
                       

दमक, १ मंसिर । झापा, दमकको स्रष्टा कृष्ण कास्यपको गजल संग्रह ‘सराप’को विमोचन भएको छ । शनिबार दमकस्थित कदम थिएटरको सभाहलमा प्राज्ञ सुमित्रा वाङदेल ‘चेली’को प्रमुख आतिथ्यतामा विमोचन गरिएको हो ।

कदम थिएटरमा नाटक हेर्न आउने गरिए पनि शनिबारको माहौंल अलि फरक नै देखियो । दमककै सबैभन्दा ठूलो स्रष्टा छापाखानाबाट स्रष्टा पब्लिकेशनले गजल प्रकाशन गरेको हो ।

गजल संग्रहलाई बरिष्ठ साहित्यकार केशव आचार्य र घनश्याम पथिकले कृतिको चर्चा गरेका थिए । सरावले गजलमा एउटा नयाँ आयम थपेको र गजलकारको चर्चा गरेका थिए ।

यसैगरी अतिथि वक्ताको रुपमा प्राध्यापक तथा साहित्यकार मधुराज केरुङ्ले सराबको पनि वर्ग हुनुपर्ने बताए । आफू अर्गानिक सराब मनपराउने बताउँदै मुन्धुममा नै सराबको सन्दर्य हुने बताए । उनले सराव उपनिवेश भएको भन्दै अर्गानिक लेख्न अनुरोध गरेका छन् ।

यसरी नै साहित्यकार लिला अनमोल र सुनिता तामाङ्ले गजलकार कास्यपको दुईदुई गजल पढेर स्रोताहरुलाई गजलको स्वाद पिलाएका थिए ।

पब्लिकेशन संचालक याम थुलुङ्, लेआउट डम्बर तुम्बापो बुद्धको मुख्य भूमिका रहेको यो कृति विमोचन कार्यक्रमको संचालन सचिव राजकुमार अकिन्चनले गरेका थिए भने अध्यक्षता अध्यक्ष सुन्दर कुरुपले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य कदम थिएटरका सिजन दाहालले राखेका थिए ।

कार्यक्रममा झापा, मोरङ, सुनसरी, इलाम र पाँचथरका स्रष्टाहरुको सहभागिताको रहेको थियो ।

कार्यक्रमकाे मिडिया पार्टनर लिम्बुवानखबर डटकम, फेसबुक र युट्युव पार्टनर एफडिसी एचडी रहेका थिए ।

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...