अमेरिकामा हरिमान तुम्बाहाम्फेको संयोजकत्वमा पहिचानवादी मोर्चा विस्तार

 लिम्बुवान न्युज
                       

ललितपुर, ११ मंसिर । संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा पहिचानवादी मोर्चा गठन भएको छ । राज्यको डालासमा भएको पहिचानवादी मोर्चाको भेलाले हरिमान तुम्बाहाम्फेको संयोजकत्वमा १९ सदस्यीय पहिचानवादी मोर्चा प्रवास अमेरिका समिति गठन गरेको हो ।

मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लाओेतीको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमले सह–संयोजकहरूमा तोङ्सा योङ्या (भूपेन्द्र), अमर सेनेहाङ र ईयोन नाछिरिङ राई चयन गरेको छ ।

त्यस्तै, सदस्यहरूमा आशिष लिङ्देन, अम लिम्बु आवाजुङ, नगेन्द्र इङ्नाम, सरोज तुम्बाहाम्फे, विश्वास योङहाङ, प्रेम फागो, इन्द्र थेबे, मिना चेम्जोङ, एलबी साँवा, अमृत तुम्बाहाम्फे, हिमाल जङ्ग क्षेत्री, कृष्ण जङ्ग लिम्बु, अनिता लिङ्देन, कृष्ण फागो र लोकेन्द्र बहादुर विश्वकर्मा रहेका छन् ।

मोर्चालाई अमेरिकाको अन्य राज्यहरू समेत विस्तार गरिने संयोजक तुम्बाहाम्फेले बताए । पहिचानवादी आन्दोलनलाई प्रवाससँग समेत जोड्न मोर्चाहरू गठन गर्न सुरु गरिएको केन्द्रीय संयोजक डा. लाओेतीले बताए । उनले पहिचानवादीहरूको एकीकृत शक्ति निर्माणले मात्रै उत्पीडनबाट मुक्ति मिल्ने जनाए ।

यसैगरी अन्य राज्यहरुमा संगठन विस्तार गरेपछि अमेरिका प्रवास समिति चाडै गठन गर्ने संयोजक तुम्बाहाम्फेले लिम्बुवान खबरलाई बताएका छन् ।

उक्त कार्यक्रममा प्रमुख अतिथि संयाेजक डा. लावतीलाइ याक्थुङहरूकाे केलाङ लगायत सांस्कृतिक कार्यक्रमसहित भव्य स्वागत गरिएकाे थियाे ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...