लिम्बू थरगत (याक्थुङ सयङ) थुमको भेलाले १५ बुँदे निर्णय गर्यो सार्वजनिक

 लिम्बुवान न्युज
                       

ललितपुर, २ मङ्सिर / लिम्बू थरगत (याक्थुङ सयङ) थुम समितिहरुको यासःक् भेला तथा बैठक विभिन्न १५ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको छ।

पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा कार्तिक २८ र २९ गते दुई दिनसम्म चलेको भेला तथा बैठकमा दश थुममध्ये नौ थुम समितिका पदाधिकारी तथा सदस्य सहित लिम्बू थरगत (याक्थुङ सयङ) सहजीकरण समूहका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।

आइतबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलन आयोजना गरेर भेला तथा बैठकका निर्णयहरु सार्वजनिक गरिएको हो। नेपाल पक्षराष्ट्र रहेको अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि (आइएलओ) नं.१६९ र आदिवासी जनजाति अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र (युएनड्रिप)मा भएको कानूनी प्रावधान बमोजिम संघ, प्रदेश र स्थानीय तहमा कानून निर्माण र संशोधन गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश भएकाले सो कार्यान्वयन गर्न गराउन पहल गर्ने भेलाले निर्णय गरेको छ।

त्यस्तै राष्ट्रिय, अन्तर्राष्ट्रिय कानून र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ र १२ अनुसार याक्थुङ (लिम्बू) आदिवासीहरुसँग सम्बन्धीत परम्परागत प्रथाजनित भूमिलाई सामूहिक सामुदायिक सम्पतिको रुपमा पालिका तथा वडामा अभिलेखिकरण गर्ने पनि भेलाले निर्णय गरेको छ। यो कार्य आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने भनिएको छ।

पूर्व सुसूचित स्वतन्त्र मञ्जुरी (एफपिआइसी)को अधिकारलाई कार्यान्वयन गर्न सबै निकायमा काम गर्ने, याक्थुङ (लिम्बू)हरुको प्रथाजनित संस्था ‘चुम्लुङ’ लाई तीन सय २३ थरहरुमा साथै कतिपय क्षेत्र तथा गाउँ प्रथाजनित संस्था २०८३ साल जेठ भित्रमा पुनर्निर्माण गरिसक्ने, अप्रभंसित भएका स्थान नामहरुलाई प्रत्येक थुमबाट कम्तिमा दश वटाको दरले सम्बन्धीत निकायमा सच्याउनका लागि पहल गर्ने लगायतका १५ वटा निर्णय भएका पत्रकार सम्मेलनमा सहजीकरण समूहका संयोजक नन्द कन्दङवाले बताए।

भेला तथा बैठकका निर्णयहरुः

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...