गुरु आत्मानन्दको ६७औं जन्मोत्सव सम्पन्न

 लिम्बुवान न्युज
                       

  • ज्ञानु केदेम

माङसेबुङ । किरात धर्म गुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोहमा समुद्घाटन सम्पन्न भएको छ ।

जन्मोत्सव समारोहलाई सम्बोधन गर्दै, प्रमुख अतिथि पूर्व सभामुख एवम् प्रतिनिधि सभाका माननीय सांसद सुवास चन्द्र नेम्बाङले अबको ३ वर्ष भित्र माङसेबुङ क्षेत्रमा आमूल परिवर्तन हुने बताए ।

बिहीबार आयोजना भइरहेको मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोहमा समुद्घाटन मन्तव्य राख्दै माननीय सांसद नेम्बाङले सो कुरा बताएका हुन ।

जन्मोत्सव समारोहलाई सम्बोधन गर्दै, प्रमुख अतिथि सांसद नेम्बाङले महागुरु फाल्गुनन्दले सुरु गर्नु भएको महान कार्यलाई गुरु आत्मानन्दले पूरा गर्न महत्वपूर्ण भूमिका खेल्नु भएको बताएको छ ।

देशमा विगतको भन्दा अझ शान्ति र एकता कायम गर्न आवश्यक रहेको प्रमुख अतिथि सांसद नेम्बाङले औल्याएका छन् । सांसद नेम्बाङले यस क्षेत्रका राजनीतिक दलका कार्यकर्ताहरु बीच एकता भएर विकास निर्माण काममा लाग्न आग्रह समेत गरेका थिए ।

हरेक वर्ष मंसिर १८ मा वृहत रुपमा मनाइदैं आएको अङसीमाङको जन्मोत्सव कोरोनाको जोखिमका कारण यसवर्ष कोरोना भाइरस महामारीका कारण सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै सामाजिक, भौतिक दुरी कायम गरी समारोह मनाइरहेका छन् ।

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोह समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सञ्चालन भइरहेकोे छ ।

बिहीबार नै प्रमुख अतिथि नेम्बाङले माङसेबुङ ३ इलाममा निर्माण गरिएको १५ शैयाको आत्मानन्द अस्पताललाई समेत उद्घाटन गरेका थिए ।

जन्मोत्सवमा प्रमुख अतिथिबाट दीप प्रज्वलन गरिएको थियो । भने अब ६७ जना सेवासेवाहरुबाट मुन्धुम वाचन गरी माङ्गेन्ना गर्ने र माङगेन्ना चामल वितरण गरिने आयोजकले जनाएको छ ।

इलामको माङसेबुङ गाउँपालिका २ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते शुक्रबार जन्मिनु भएका मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले किरात धर्मदर्शन दाता, समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको अपूरो, अधुरो कार्यलाई पूर्णता दिने क्रममा धार्मिक, सांस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहनु भएको छ । वहाँलाई सत्य, शान्ति, अहिंसा र एकताका संबाहकको रुपमा किरात धर्मावलम्बीहरुले मान्ने र पुज्ने गरेका छन् ।

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६७ औं शुभजन्मोत्सवको अवसरमा विगतका वर्ष झै मंगलबार साक्मुरा वादेम्मा गरिएको र बुधबार किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङ सेमी सेवा सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

त्यसैगरी भव्य रुपमा आयोजना गरिँदै आएको आत्मानन्द गोल्ड कप यस वर्ष कोरोनाका कारण स्थगन गरिएपनि सामान्य स्थानीय माङसेबुङ परिसरका खेलाडीहरुको सहभागितामा बुधबार १ दिने खेलकुद कार्यक्रम आयोजना गरिएको छ ।

यसरी समारोहमा सांस्कृतिक विभाग किरात साम्यो साक्थिम्गेन पान्जुम्भोका केन्द्रीय कलाकारहरुबाट स्वागत नृत्य, किरात साम्यो माङसिवाखाहुन पान्जुम्भोबाट युमा लाङ, थेबा लाङ प्रस्तुत गरिएको थियो । भने किरात स्वर सम्राट अर्थवीर लाओती सिमले कान्छाले सिवाखाहुन समेत प्रस्तुत गरेको थियो ।

समारोहमा प्रमुख अतिथि नेम्बाङ, प्रदेश सांसदद्धय धिरेन्द्र शर्मा र आशारत्न चवेगू, संविधान सभा सदस्य आइन्द्र सुन्दर नेम्बाङ, माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगो, किरात धर्म तथा साहित्य उत्थान संघका संस्थापक महासचिव चन्द्रकुमार सेर्मा लगायत उपस्थित हुनु भएको थियो ।

समारोहमा स्वागत मन्तव्य समारोहका सह अध्यक्ष तथा किरात धर्म तथा उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले राखेका थिए भने महासचिव काकीराम लाओतीले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...