जसपाका नेता चेम्जोङ् दमकमा

 लिम्बुवान न्युज
                       

दमक। झापाकाे दमकमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङले अगुवा नेताहरूसँग भेटघाट गरेका छन् । भेटकाे क्रममा नेता चेम्जाेङले अबको नेपाली राजनीति त्रीपक्षीय शक्ति संघर्षबाट अघि बढ्ने बताएका छन् ।

पूर्वमन्त्री चेम्जोङले हिजो कांग्रेस र कम्युनिष्ट मात्रै रहेको सत्ता राजनीतिको केन्द्रविन्दुमा अब जनता समाजवादी पार्टी, नेपाल पनि प्रवेश गरेको जिकिर गरेका हुन् ।

अब देशमा ‘त्रीपक्षीय शक्ति संघर्षमा कांग्रेस र नेकपा भन्दा अग्रगामी, वैचारिक रूपले स्पष्ट र वास्तविक नेपाली जनताको शक्ति जसपा नै हो’, चेम्जोङले भने ।

कांग्रेस-कम्युनिष्ट एउटै सिक्काका दुई पाटो मात्रै रहेको भन्दै उनले झन्डा, चुनाव चिन्ह, मान्छे फरक भए पनि दुवै शक्ति यथास्थितिवादी रहेको आरोप लगाए ।

कोरोना समस्याको कारण पार्टी समायोजन प्रकृय लम्बिएको भन्दै चेम्जोङले ढिलोमा माघसम्ममा समायोजन प्रकृया सकेर पार्टी वैचारिक र सांगठानिक सुदृढीकरणमा लाग्ने दावी गरे ।

भेटघाटमा जसपा प्रदेश नं १ का अध्यक्ष प्रवीण चाम्लिङ, केन्द्रीय सदस्यहरु हरीदेवी राई लावती, लोकसागर सम्बा लगायत प्रदेश समिति, लिम्बुवान राष्ट्रिय समिति, स्तानीय तहका नेताहरु सहभागी थिए ।

सम्बन्धित समाचार

निर्वाचन आयोगले फाल्गुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनको तालिका गर्यो सार्वजनिक

ललितपुर, मङ्सिर १ / निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित...

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...