शिक्षकलाई अनिवार्य पोशाकः नलगाए भत्ता रोक्का

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले नियमित पठनपाठन शुरु गरेको छ । उक्त गाउँपालिकामा कार्यरत शिक्षकले तोकिएको पोशाक नलगाई विद्यालय गएको पाइएमा पोशाक भत्ता रोक्का गर्ने जनाएको छ ।

कोरोना भाइरसका कारण लकडाउन भएदेखि हालसम्म सो गाउँपालिकाले विद्यालय खोलेको थिएन । यस विसम परिस्थितिले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको हुँदा आजदेखि औपचारिक रुपमा विद्यालय खोल्ने निर्णय गरिएको पालिकाका प्रवक्ता थर्ककुमार चोङवाङले जनाएका छन् । स्वास्थ्य मापदण्डलाई पालना गर्दै पालिकाले सबै विद्यालयमा स्वास्थ्य सामाग्री उपलब्ध गराउने पनि उनले बताए ।

पालिकाले विहान कक्षा ८देखि १२ सम्मका विद्यार्थीको कक्षा संचालन गर्ने र ८ देखि तलका विद्यार्थीको दिउँसो कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । तोकिएको पोशाक शिक्षकहरुले अनिवार्य लगाएर मात्र विद्यालय जान र हाजिर गर्न शिक्षा शाखाका सहायक प्राविधिक अर्जुनकुमार घिमीरले बताए । पालिकाले शिक्षकहरुले पोशाक लगाए नलगाएको अनुगमन गर्ने छ यदि निर्णय उल्लंघन गरेको पाइएमा भत्ता कटौती गर्ने निर्णय गाउँपालिकाले गरेको बताए ।

हाल उक्त गाउँपालिकामा माध्यमिक विद्यालय पाँच वटा, निम्न माध्यमिक विद्यालय तीन वटा र आधारभूत विद्यालय २० वटा गरेर जम्मा २८ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेको छ ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...