पत्रकार मैनालीद्वारा नारी सञ्चार गृहकाे अक्षयकाेषलाइ सहयोग प्रदान

 लिम्बुवान न्युज
                       

  • भूमिका फियाक

विर्तामोड। झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा गृहकी सदस्य पत्रकार सुनीरा मैनालीले सहयोग रकम प्रदान गरेकी छन् ।

आफुले पत्रकारिता सुरु गरेको ८ बर्ष पार गरेको अवसरमा मैनालीले आफ्नो बिबाहकै दिन उक्त सहयोग रकम प्रदान गरेकी हुन् ।

उनले १८ हजार आठ सय अठासी रुपैयाँ बराबरको चेक संचार गृहका अध्यक्ष भिमा शिवाकोटी, कोषाध्यक्ष, संस्थापक अध्यक्ष सावित्रा दाहाल, कोषाध्यक्ष ज्योत्स्ना श्रेष्ठ, पूर्व सह–सचिब स्वस्तिका आचार्य सहितको टोलीलाई उक्त रकम हस्तान्तरण गरेको सचिव भूमिका लिम्बू फियाकले जानकारी दिईन् ।

सहयोग रकम हस्तान्तरण गर्दै मैनालीका पिताले आफ्नो छोरीको बिशेष दिनमा आफ्नो छोरी जस्तै पत्रकारिता पेशामा लागेका महिलाहरुको उद्देश्यलाई सफल पार्नका लागि सो रकम हस्तान्तरण गर्न पाएकोमा खुसि भएको बताए ।

रकम ग्रहण गर्दै संस्थाकी अध्यक्ष भीमा शिवाकोटीले सदस्य मैनालीलाई बैबाहिक जीवनको शुभकामनासंगै धन्यवाद ज्ञापन गर्दै बिहे पछाडी महिला पत्रकारहरु पत्रकारिताबाट टाढिने ट्रेन्डलाई गलत साबित गर्न आग्रह गरिन् । साथै लगभग दुईवर्ष अघिदेखि शुरु गरेको अक्षयकोषमा हालसम्म १३ लाख बढी रकम संकलन भइसकेको जानकारी दिईन् ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, सह–सचिब केशब भट्टराई लगायत दुलहीका आफन्तजनहरुको उपस्थिति रहेको थियो ।

झापाका महिला सञ्चारकर्मी सम्वद्ध नारी संचार गृहले २५ लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेर रकम संकलन गर्दै आएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...